Siraha Times
ताजा समाचार

जसपा नेपाल निकट युवाबिधार्थीहरुको आन्दोलनका कारण बर्खास्त भए आठ राज्यमन्त्री

  • साउन ३०, २०८१
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३० साउन । जनता समाजवादी पार्टी नेपाल,निकट युवा विद्यार्थीहरुको आन्दोलनका कारण मधेश सरकार आठ वटै राज्यमन्त्री लाई बर्खास्त गरेको छ ।जनमत नेतृत्वको मधेश सरकारले ८ राज्यमन्त्री सहित २० सदस्सीय मन्त्री मण्डल गठन गरे पछि जसपा निकट युवा विद्यार्थीहरुले जम्बो मन्त्रीमण्डल गठन गरेर संघियतालाई नै धरापमा पार्न खोजेको भन्दै चरणबद्ध आन्दोलन को घोषणा गरेको थियो।

चौतर्फी आलोचना र युवा विद्यार्थीहरुको आन्दोलन पछि मधेश सरकार राज्यमन्त्री हरुलाई बर्खास्त गरेको हो ।हिजो मात्रै जसपा निकट युवा विद्यार्थी हरुले सिटि जुलुस सहित जुलुस प्रदर्शन गरेका थिए। यसरी नै सबै बेथिति विरुद्ध युवाहरू जाग्न आजको आबश्यक्ता रहेको देखिन्छ।

त्यति मात्र हैन देश अहिले जुन अवस्थामा गुज्रिरहेको छ, जताजतै भ्रष्टाचार भैरहेरहेको छ र कुलतमा फसेर युवा बर्बाद भैरहेको छ। समाज बिकृतिमा फसेर अस्तव्यस्त भैरहेको छ। छाडापन सिमा नाघि सकेको छ। बिदेशी रेमिटान्स दुरुपयोग भैरहेको छ। शिक्षाको अवस्था नाजुक भैसकेको छ। यी सम्पुर्ण समस्यालाई मध्यनजर गर्दै देशै भरीका युवाहरू दल र ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर एक जुट भै होनहार बुजरुगको साथमा लिएर अगाडी बढ्न जरुरी छ साथै देशमा परिवर्तन ल्याउन युवा अगाडी आउन जरुरी छ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१