पुल भत्किँदा राजविराज-कञ्चनपुर सडक अवरुद्ध

  • असार २३, २०८१
  • ७६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज– सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ । तिरहुत–२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिए। उनले बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पुर्‍याएको बताए। यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका–११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा खेतीबालीलाई क्षति पुर्‍याएको छ । तिरहुत–२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पुर्‍याएको जानकारी दिए। बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन् । खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालका उम्मेदव ...

लहान,माघ १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा क्षेत्र नं. १ का उम्मेदवार सत्य नारायण यादव ...

कृष्णहरी गैरेलसहित न ...

लहान माघ १३ । लहान नगरपालिका–१० का कृष्णहरी गैरेल नेपाली कांग्रेसमा पुनः फर्किएका छन् । उनी २० ...

खुट्टी खोला सिंचाइ य ...

लहान माघ १३ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिरहाको सामाजिक शाखाका अधिकृत विनोद कुमार गु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१