पुस्तक खरिद बिक्रिमा ब्रहम्लुट, बिद्यार्थी र अभिभावक चरम मारमा

  • वैशाख १४, २०७६
  • ९३६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मनोज बनैता, लाहान, १४ बैशाख । पुस्तक खरिद बिक्रीमा व्यापक लुट भईरहेको जानकारी प्राप्त भएको छ । निजी विद्यालय र पाठ्यपुस्तक बिक्रेताले लाहान लगायत सिरहा जिल्लाभरी ब्रह्मलुट गर्दैछन् जसकारण निजी विद्यालयका विद्यार्थी तथा अभिभावक मारमा परेका छन् । निजि बिधालय र पुस्तक पसलहरुले साँठगाँठ गरि मोटो रकमको चलखेल गरेको जानकारी प्राप्त भएको छ । बिधालय ले तोकेको पसलमा मात्र अभिभावकलाई पुस्तक खरीद गर्न बाध्य पार्दैछन् ।

ती तोकिएका पसलबाट पुस्तक खरीद गर्दा एक रुपैयाँ पनि छुट दिनेगरेको छैन जसकारण लाहानका अधिकांश विद्यार्थी र अभिभावक आक्रोसित भएका छन् । विभिन्न पुस्तक प्रकाशन गृहले व्यवसायीलाई ४० देखि ५० प्रतिशतसम्म कमिशन दिएपनि पसले ले विद्यार्थीहरुलाई एक रुपैयाँसम्म छुट नदिएर ब्रह्मलुट मच्चाइरहेको र स्थानीय प्रशासन मुकदर्शक बनेका छन् । पुस्तकमा पाईने मोटो कमिशन पुस्तक व्यवसायी र निजि बिधालयका संस्थापकले बाँडफाँड गर्ने गरेकोले स्थानीय विद्यार्थी र अभिभावकले अविलम्ब यस्तो कार्य रोक्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सप्तरीको बोदे बर्साई ...

बोदे बर्साईन , सप्तरी :०१ माघ : उमेश कुमार साह बोदे बर्साईन, १ माघ । सप्तरीको बोदे बर्साईन नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१