रामग्राममा जलवायु परिवर्तन सम्बन्धित सचेतना गाेष्ठी कार्यक्रम सुरु

  • जेठ २२, २०८१
  • ५९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी जेठ २२ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ राधाकृष्ण मन्दिर बैरिहवामा जलवायु परिवर्तन सम्बन्धित सचेतना कार्यक्रम विश्व वातावरण दिवसकाे अवसरमा मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ रमावापुरकाे आयोजनामा आज सुरु भएकाे छ ।

वन समुहका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेकाे प्रमुख आतिथ्यतामा सुरु भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वाग्लेले व्यापक रुपमा वन जङ्गल फडानी भई रहेकाे अवस्थामा त्यसलाई राेक थाम गर्न सबै लाग्नु पर्ने बताउनुभयाे । जलवायु परिवर्तन राेक्न वृक्षारोपण र वन जङ्गल संरक्षण गर्नुपर्नेमा जाेड दिनुभयाे । 

गाेष्ठी कार्यक्रममा रामग्राम ४ का वडा अध्यक्ष मदन यादव,वरिष्ठ वन अधिकृत पुर्ण प्रसाद ढकाल,वन समुहका उपाध्यक्ष तथा रामग्राम ४ का वडा सदस्य प्रभु लाल माैर्य लगायतले बाेल्नु भएकाे गाेष्ठीमा जलवायु परिवर्तन विज्ञ सुदर्शन खरवार र विशाखा चाैधरीले आज र भाेलि २ दिन प्रसिक्षण दिने कार्यक्रम संचालिका समीक्षा सिगंजापतिले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१