Siraha Times
ताजा समाचार

रामकथा सुन्न नेपालबाट हजारौँ नेपाली भक्तजन तपोभूमि जाने

  • जेठ १६, २०८१
  • १२०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जेष्ठ १६ । नेपालबाट आएका भक्तहरूले वाल्मीकिनगर र त्रिवेणीका होटलहरूमा ‘नो रुमको बोर्ड’ खोजिरहेका छन् बर्दघाट, परासी, बुटवल र सोनौलीका होटलमा बस्ने व्यवस्था ।

जागरण त्रिवेणी  महर्षि वाल्मीकिको तपोभूमि तथा लवकुशको जन्मस्थलमा यही असार १ गतेदेखि सुरु हुने मुरारीबापुको ९५६औँ रामकथा सुन्न नेपालका सीमावर्ती सहरबाट पनि हजारौँ नेपाली भक्तजन जाने भएका छन् । वर्षौंदेखि वाल्मीकि आश्रमको विकासका लागि निःस्वार्थ भएर काम गरिरहेको संस्था विश्व सनातन धर्म स्थापनार्थ समिति र सीता माता मन्दिर समितिका सदस्य विश्व मर्दन शाहले मुरारीबापूको मुखबाट रामको कथा सुनाइएने बताए । रामायणका रचयिता महर्षि वाल्मीकिको पवित्र स्थानमा कथा सुन्ने अवसर पाउनु ठूलो सौभाग्यको कुरा हो।

असार १ गतेदेखि शुरु भई असार ९ गतेसम्म चल्ने रामकथा सुन्न नेपालका काठमाडौं, पोखरा, चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लाबाट हजारौं रामभक्तहरु जाने गरेका छन् । वाल्मीकिनगर र त्रिवेणीका होटल तथा लजमा ‘नो रुम बोर्ड’ राखिएका कारण भक्तजनले बर्दघाट, परासी, बुटवल, सोनौलीलगायतका होटल तथा लजमा बुकिङ गर्न थालेका छन् । कथा सुन्न आउने नेपाली भक्तजनलाई सहयोग र सुविधा दिन मंगलबार रानीनगरमा बैठक बसेको थियो । जसमा विश्व सनातन धर्म स्थापना समिति तथा सीता माता मन्दिर समितिका सदस्य गोपाल ढकाल, राजन पन्थ, ज्ञानु रिजाल, गोविन्द शर्मा, सुभाष गुप्ता, मोहनसिंह बोहरा आदिको सहभागिता रहेको थियो ।

बैठकले मुरारीबापुको कथामा सबै सदस्यले स्वयंसेवकको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । र कथा सुन्न आउने नेपाली भक्तजनलाई कुनै अप्ठ्यारो नहोस् भन्ने ख्याल गर्नेछौं । रानीनगर निवासी तथा बोर्डिङ स्कुलका निर्देशक सन्तोष रौनियारले बाहिरबाट आउने नेपाली भक्तजनलाई सुविधा दिन पनि बोर्डिङ स्कुलले तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज शि ...

वीरगंज ३ जेष्ठ। नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 9001:2015 गुण ...

आगलागी पीडित सदाय पर ...

ओम प्रकाश यादव लहान,०२ जेष्ठ । “सिरहा सेवा समाजको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भ ...

“घर–घरको सान, स्वच्छ ...

ओम प्रकाश यादव लहान जेष्ठ ०२ । लहान नगरपालिकामा “घर–घरको सान, स्वच्छता हाम्रो अभियान&rdq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१