बाबा प्रेम दासको समाचार प्रति मेयर चौधरीको गम्भीर ध्यानाकर्षण

  • जेठ ८, २०८१
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ८ जेठ । सिरहाको लहान न.पा.१४ पिडरबोनीको बाबा प्रेम दासको ३ दिन अगाडी प्रसारण भएको समाचार प्रति मेयर महेश प्रसाद चौधरीको गम्भीर ध्यानाकर्षण भएको छ। बाबाको सहयोगमा जुटेकी मेचीमहाकाली सन्युक्त बुहारी अवाज जिल्ला सन्योजक रिता कुमारी महतोको समन्वयमा मेयर चौधरीले आबश्यक आर्थिक सहयोग र २४ न.को वाडा अध्यक्ष रासलाल रायले आबश्यक खाद्यान्न सामाग्री सहयोग गरी सराहनीय काम गरेको छ।

महतोको अनुसार मेयर चौधरीले बाबाको उचित ब्यबस्थापन र औषधिउपचारका लागी आफु लगायत हाम्रो स्थानीय सरकार पुर्णरुपले तैयार रहेको बताएका छन। मेयर चौधरी अगाडी थप्दै म शासक होइन जन्ताको सेवक हो दिनदुखिको सहयोग गर्नु मेरो जिम्मेवारी रहेकोले सेवकको नाताले नगरको र नागरिकको बिकासको लागी मेरो नेतृत्वको स्थानीय सरकार अगाडी बढिरहेको तथा जनबोलीको कदर गराउनुको साथै जनचाहना मुताविक हामी अगाडी बढिरहेको समेत बताएका छन।

बाबा प्रेम दास बिगत ३० बर्ष देखि खुट्टी खोलाको डिलमा एक्लो जिवन एउटा कुट्टीमा बिताइरहेका छन। लामो समय देखि दाहिने खुट्टा हातीपाइलाको शिकार रहेको छ भने केहि दिन अगाडी चिप्लिएर लड्दा छातीको ३ वटा हड्डी भाँचिएको अवस्थामा लहान प्रादेशिक अस्पताल बाट फिर्ता भएको समाचार तिन अगाडी नै बाहिरिएको छ। हाल बाबाको रेखदेखमा समेत समस्या देखिएकोले स्थानीय पिडरबोनी बासी सहयोगमा जुट्न सिरहा टाइम्स टिमको हार्दिक अपिल रहेको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१