Siraha Times
ताजा समाचार

उज्यालो सखुवानन्कारकट्टी अभियान अन्तर्गत ५ वटै वाडामा आधुनिक हाईमास टावर जडान

  • जेठ ६, २०८१
  • १०४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान जेष्ठ ०६ गते । सिरहाको सखुवानन्कारकट्टी गा.पा.ले समाज र जनताका लागि उदाहरणिय काम गर्न अघि बढिरहेको छ ।राजमार्ग देखि दक्षिणि भेग लहान ठाडी सडक खण्डमा पर्ने सखुवानन्कारकट्टी गाउँपालिका आफैमा सौन्दर्यले भरिएको सिरहा जिल्लाकै नमुना गाउँपालिका रहेको मानिन्छ । यस पालिकाका जनताले विकास प्रेमिको रुपमा पालिका प्रमुख केदारनाथ यादवलाई दोस्रो पटक आफ्ना अभिभावक समाजसेवाका निम्ती आफ्ना अमुल्य मत दिए विजय गराएका छन।

 

 
 पलिका अन्तरगत पर्ने ५ वटा वाडाको सार्बजनिक स्थल मठमन्दिर, मस्जिद, हाटबजार लगायत पालिका भरीका महत्वपूर्ण ठाउँमा पालिका द्धारा विधुतिय टावर लाईट जडान कार्य भैरहेको गा.पा. यादवले बताएका छन। यसै क्रममा वाडा न.५ को महेसवारी बजार ४ को खैरबोना बजार र सोहि वाडाको खैरबोना गाउँमा लाइट जडान भै उज्यालो भैसकेको छ भने बाँकी वाडाका बिभिन्न ठाउँमा जडान भैरहेको अबस्था देखिएको छ।
 
 
 हिजो जेष्ठ ५ गते बुधबारका दिन उक्त अग्लो टावर लाईटलाई स्वीच अन गरि त्यहाँका सम्पुर्ण जनताको अनुहारमा विजुलिको उज्यालो झै उज्यालो ल्याएका छन । गाउँपालिकाका खैरबोना महेशवारी बजार जव्यवस्थापनका निम्ति पालिका अध्यक्ष यादव द्धारा भिउ टावर लाईट जडान गरिएको हो भने यसै पालिकाको अरु तिन ठाउँको बजार परिहारपुर, सोठियाइन र मौवाही बजारलाई समेत ब्यबस्थापन गर्न र सवारी दुर्घटना तथा चोरीडकैती तथा अमानविय घटना नियन्त्रण गर्न साथै उज्जालो पालिका बनाउन पालिकाले यस कार्यलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको प्रमुख यादवले जनाएका छन।
 

हुन त सडक बनाउनु भौतिक संरचना बनाउनु मात्रै बिकास होइन बताउदै अध्यक्ष यादव अब आउने दिनमा हरेक बिषय बस्तुलाई एकै चोटी साथमा लिएर अगाडी बढ्न जरुरी रहेको र यसका लागी सबै दल सबै जनप्रतिनिधि एकै ठाउँमा एक मत भै जन्ता खुशी पार्न र नमुना गाउँपालिका बनाउन सबै पक्ष संग आग्रह समेत गरेका छन।

 

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१