Siraha Times
ताजा समाचार

सरकारबाट बाहिरिए उपेन्द्र यादव

  • वैशाख ३१, २०८१
  • ८९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , ३१ वैशाख । जनता समाजवादी पार्टी नेपाल संघ सरकारबाट बाहिरिएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्या मन्त्री रहेका पार्टी अध्यक्ष एवम् उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले मन्त्री पदबाट सोमबार बिहान राजीनामा दिएका छन् ।

जसपा नेपाल विभाजन गरी पार्टीका अशोक राईसहित सात सांसदले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । विभाजित जसपामा रहेका नवलकिशोर साह सुडी वन तथा वातावरण मन्त्री छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले सत्ता टिकाउन जसपा नेपाल विभाजन गराएको तीन दिनअघि सिन्धुलीमा आयोजित एक कार्यक्रममा स्वीकार गरेका थिए भने पार्टी विभाजनका लागि नेकपा एमाले अध्यक्ष केपी शमौ ओलीले तारतम्य मिलाएको अनुमान गरिएको छ ।

सोही कारणले जसपा नेपाल सरकारबाट बाहिरिने अड्कल गरिएको थियो । यद्यपि जसपा नेपालका अध्यक्ष यादवले तत्काल सरकारमा रहिरहने बताउँदै आएका थिए ।

आइतबार जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री दाहालले उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्या मन्त्री रहेका अध्यक्ष यादवलाई राजीनामा बुझाउन निर्देशन दिएका सञ्चारमाध्यममा आएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१