ताजा समाचार

सत्ता रहोस् नरहोस् जसपा नेपाल छाडदिनँ : मुख्यमन्त्री यादव

  • वैशाख २८, २०८१
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २८ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले कुनै पनि हालतमा उपेन्द्र यादवनेतृत्वको जसपा नेपाल नछाड्ने बताएका छन् । उनले आफ्ना लागि मुख्यमन्त्री पदभन्दा महत्वपूर्ण पार्टी रहेकाले पार्टी हितका लागि सत्ता परित्याग गर्न अप्ठ्यारो नमान्ने उल्लेख गरे ।

शुक्रबार टोलपडोससँग कुरा गर्दै मुख्यमन्त्री यादवले पार्टीबाट अलग्गिएर गएकाहरूले आफूसँग कुनै पनि विषयमा कुरा गर्न सम्पर्क नगरेको जनाए । उनले भने, ‘जसपा नेपालप्रति मेरो अविचल निष्ठा र समर्पणका कारणले पनि अन्यत्र जाने विषयमा मसँग कुरा गर्ने आँट कसैले गर्न सक्दैनन् ।’

उनले आफ्नो राजनीतिक पृष्ठभूमि मधेशकेन्द्रित दलसँग जोडिएको र आफू मधेशवादमा आधारित राजनीतिक सिद्धान्त र व्यवहार अनुरूप सधैँ हिँड्ने भएकाले मधेशवादी राजनीति गर्ने जसपा नेपाल रोजाइमा परेको प्रस्ट्याए ।

‘मेरो करिअरमा म सदैव मधेशवादी दलमै रहे । अहिले आएर अन्य आस्था भएका दलमा जाने कुरा नै हुँदैन,’ मुख्यमन्त्री यादवले भने ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤