सत्ता रहोस् नरहोस् जसपा नेपाल छाडदिनँ : मुख्यमन्त्री यादव

  • वैशाख २८, २०८१
  • ७६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २८ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफूले कुनै पनि हालतमा उपेन्द्र यादवनेतृत्वको जसपा नेपाल नछाड्ने बताएका छन् । उनले आफ्ना लागि मुख्यमन्त्री पदभन्दा महत्वपूर्ण पार्टी रहेकाले पार्टी हितका लागि सत्ता परित्याग गर्न अप्ठ्यारो नमान्ने उल्लेख गरे ।

शुक्रबार टोलपडोससँग कुरा गर्दै मुख्यमन्त्री यादवले पार्टीबाट अलग्गिएर गएकाहरूले आफूसँग कुनै पनि विषयमा कुरा गर्न सम्पर्क नगरेको जनाए । उनले भने, ‘जसपा नेपालप्रति मेरो अविचल निष्ठा र समर्पणका कारणले पनि अन्यत्र जाने विषयमा मसँग कुरा गर्ने आँट कसैले गर्न सक्दैनन् ।’

उनले आफ्नो राजनीतिक पृष्ठभूमि मधेशकेन्द्रित दलसँग जोडिएको र आफू मधेशवादमा आधारित राजनीतिक सिद्धान्त र व्यवहार अनुरूप सधैँ हिँड्ने भएकाले मधेशवादी राजनीति गर्ने जसपा नेपाल रोजाइमा परेको प्रस्ट्याए ।

‘मेरो करिअरमा म सदैव मधेशवादी दलमै रहे । अहिले आएर अन्य आस्था भएका दलमा जाने कुरा नै हुँदैन,’ मुख्यमन्त्री यादवले भने ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१