Siraha Times
ताजा समाचार

राष्ट्रिय महाधिवेशन सफल बनाउन एक हजार एकावन्न सदस्यीय जनपरिचालन समिती गठन

  • वैशाख २३, २०८१
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, बैशाख २३ । जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत्रलाई भव्यता प्रदान गर्न एक हजार एकावन्न सदस्यीय जन परिचालन समिति गठन गरिएको छ । जनपरिचालन समितिका संयोजक हरिनारायण यादवको अध्यक्षतामा आज जनकपुरमा सम्पन्न मधेश प्रदेश स्तरिय बिस्तारित बैठकले जनपरिचालन समितिलाई एक हजार एकावन्न सदस्यीय बनाउने निर्णय गरेको हो ।

No description available.

समितिमा प्रदेश भित्रका केन्द्रिय सदस्यहरु, परिषद सदस्य , मधेश प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य हरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु , भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि , निर्बाचित जनप्रतिनिधि हरु सदस्य रहने छ ।

No description available.

जसपा कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेश ईन्चार्ज मृगेन्द्र सिंह यादवको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा कार्यकारिणी समिती सद्स्य एवं मधेश प्रदेशका पुर्ब मुख्यमन्त्री लालबाबु राउत, कार्यकारिणी सद्स्य गोबिन्द चौधरी , प्रकाश अधिकारी , मनिष सुमन, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राजनीति समिती सदस्य शैलेन्द्र साह ,राष्ट्रिय सभा सदस्य पुजा चौधरी ,मधेश प्रदेशका मन्त्रीहरु सुरिता साह, सिघासन साह , मो अबुल कलाम , प्रदेश नं. १ का प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री निर्मला लिम्बु सहितको उपस्थिति रहेको थियो । बैठकमा मधेश प्रदेशका केन्द्रिय सदस्य, परिषद सदस्य , मधेश प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य हरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु , भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१