ताजा समाचार

सप्तरीको अग्निपीडितलाई घर बनाइदिने मुख्यमन्त्री यादवको घोषणा

  • वैशाख २०, २०८१
  • ९८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितहरूलाई घर बनाइदिने घोषणा गर्नु भएको छ ।‌ अग्निपीडितलाई भेट्न बिहिबार घटनास्थल पुगेका मुख्यमन्त्री यादवले प्रदेश सरकार जनता आवासको मोडेलमा पीडित परिबारलाई घर बनाइदिने घोषणा गर्नु भएको हो ।

उहाँले भन्नु भयो , 'प्रदेश सरकार सुखदुःखमा तपाईहरुको साथमा छ, आजकलमै निर्णय गरेर यहाँ आगोमा जति घर जलेको छ त्यति घर प्रदेश सरकारले बनाइदिनेछ।' बिहिबार दिउँसो काठमाडौँबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री सिधै घटनास्थल पुगेका थिए । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए । मंगलबार चिम्टीमा भएको आगलागीमा परेर त्यहाँका ४७ बढी परिवार घरविहीन बनेका छन् । निरिक्षणको क्रममा बन तथा वातावरण मन्त्री भरत साह, प्रदेश सभा सदस्य मनिष सुमन, किरण साह, माला कर्ण, मधेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤