ताजा समाचार

अध्यक्षसहित ७५ जना कार्यकर्ता जसपामा प्रवेश

  • वैशाख २०, २०८१
  • ११८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख २० । सिरहाका लक्ष्मीपुर पतारीमा जनता समाजवादी पार्टीमा पार्टी प्रवेश कार्यक्रम भव्यताका समपन्न भएको हो जनमत पार्टी परित्याग गरि अध्यक्ष सहित ७५ जना कार्यकर्ता हिजो जसपामा प्रवेश गरेको हो । जनमत पार्टीका लक्ष्मीपुर पतारी गाउँपालिका वडा अध्यक्ष पदका उम्मेदवार जय प्रकाश सिंह दनुवार सहित ७५ जना अगुवा कार्यकर्ता जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

लक्ष्मीपुर पतारी गाउँ पालिका वडा नम्बर ४ ब्रहमपुरी स्थित हिजो बुधवार एक कार्यक्रमबीच जसपाका मधेस प्रदेस समितीका अध्यक्ष बालकिशोर यादव र केन्द्रिय सदस्य एवम मधेस प्रदेससभा सदस्य राज कुमार गुप्ता लगायत नेताहरुले उनीहरूलाई स्वागत गरे ।

पालिकाकाे चुनावमा सिंह लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्वर ४ वडा अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । जसपाका लक्ष्मिपुर पतारी गाउँपालिका अध्यक्ष बद्री नारायण यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेस समिती अध्यक्ष बालकिशोर यादव र विशिष्ट अतिथिमा जसपाका केन्द्रिय सदस्य एवम मधेस प्रदेससभा सदस्य राज कुमार गुप्ता रहनुभएकाे जसपाका युवा नेता तथा विद्यार्थी मधेश प्रदेश अध्यक्ष दिपेश यादवले जानकारी गराउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤