ताजा समाचार

गा.पा. अध्यक्ष यादवको नेतृत्वमा सुरक्षा प्रमुखहरूद्वारा बलान नदी कटानको निरीक्षण

  • वैशाख १६, २०८१
  • ८७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष खेमचन्द्र यादवको नेतृत्वमा सुरक्षा प्रमुखहरू द्वारा बलान नदि कटानको निरीक्षण १३ बैशाखमा भएको छ।डुबान र कटानको समस्या निम्त्याउने सप्तरीका मुख्य नदीहरूमध्ये बलान र खडकको संयुक्त निरीक्षण गरिएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा सुरक्षा प्रमुख निकाय प्रमुखहरु बिहीबार यस पालिकाको मलहनिया दिघिया दुधैला र बेलही सम्म निरीक्षण गरेका थिए।

यस पालिकाको ती गाउँहरु बर्सेनि बलान नदिको जोखिममा पर्ने गरेका छन। हाल सम्म ती गाउँहरुका धेरै उब्जाउ जमिन कटान गरिएका छन भने बर्सेनि डुवानको समस्या त्यहाँका नागरिकहरुले खेप्दै आइरहेका छन। स्थानीयहरुको भनाइ अनुसार हिउँदमा बाँधलाई मर्मत गर्नुको साथै स्परको लन्चींगलाई व्यवस्थित बनाएमा १५/२० बर्ष सम्म केही गर्नु पर्दैन तर त्यसो नभएको कारण नै बर्सेनि बाढी र कटानको समस्या झेल्नु परेको बताएका हुन्।

उक्त समस्याहरूलाई पहिचान गरेर समाधान गर्नमा आवश्यक पर्ने प्रशासनीक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको समेत प्रजिअ थापाले बताएका छन।पछिल्लो समयमा बलान नदीले विभिन्न स्थानमा कटान गरिरहेको क्षेत्रमा कटानस्थलमै पुगेर समस्या बुझ्ने काम सुरक्षा प्रमुखहरूका साथै नदी नियन्त्रण कार्यालय प्रमुखले गरेका छन् । 

टोलीले बलान बिहुल गाउँपालिकाको बलान नदीले स्परलाई क्षति पुर्याएर बाँध कटान गरी ठूलो क्षति पुर्याएको र अहिले पनि अवस्था जोखिमपूर्ण रहेको स्थलगत निरीक्षणको क्रममा देखिएको छ । नदीले कटान गरेर समस्या बढाएको देखिएकोले तत्काल नियन्त्रण गर्न प्राविधिकहरूलाई प्रजिअ थापाले निर्देशन दिएका छन् । निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी किरण थापा,सप्तरी जिल्ला प्रहरीको एसपी, राष्ट्रिय अनुसन्धानको एसपी सुरेन्द्र कोइराला, सशस्त्र प्रहरीका डिएसपी मोहन राज बिष्ट, नेपाली सेना सहायक सेनानी दिपक बोहरा , कडरबोनाको इनस्पेक्टर सुरेन्द्र यादव, जलस्रोत तथा सिचाइ डिभिजन कार्यालयका प्रमुख रमन साह बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव सहित प्राविधिकहरूको सहभागिता रहेको थियो । 

प्रजिअ थापाले बलान नदीले बर्षेनी बाँध कटान र त्यसबाट हुने सम्भावित खतराबाट त्रसित बनेका स्थानीय बासिन्दाहरूको चिन्तालाई समाप्त पार्ने दिशामा काम हुनु पर्ने निर्देशन दिएका छन् । नदीको वहावलाई वास्तविक अवस्थाको पहिचान र तत्काल नियन्त्रण गर्नुपर्ने कार्य अनिवार्य रुपमा गरेर असोज पछि दिर्घकालिन रुपमा स्परलाई मर्मत गरेर बाँध कटानको समस्यालाई समाधान गर्नपर्नेमा नदी नियन्त्रण कार्यालयको ध्यान जानुपर्ने प्रजिअ थापाले बताएका छन् ।

हाल खेमचन्द्र यादव नेतृत्वको स्थानीय सरकार छ बलान बिहुलमा र ती स्थानीय सरकारले नदि नियन्त्रण सम्बन्धि धेरै प्रयास गरिरहेको बुझिए पनि हाल सम्म जनचाहना मुताविक काम नभएको प्रष्ट देख्न सकिन्छ। वर्षा र बाढीको समयमा आपतकालिन काम मात्रै गर्ने हिउद याममा सुतेर बस्ने काम अब हुदैन, पहिला जे भयो अब जनताको जिवन रक्षाको साथै राज्यको अर्बौ लगानी भएको संरचनालाई सुरक्षित राख्ने कार्य सम्बन्धित कार्यालयको रहेको हुँदा गुणस्तरिय रुपमा एक पटक मर्मत भएमा आउदो १० बर्ष सम्म केही गर्नु नपर्ने देखिन्छ” निर्देशनको क्रममा प्रजिअ थापाले बताउनुभयो। सप्तरी जिल्लामा बाढी, डुबान र कटानको समस्या समाधान हुनुपर्ने स्थानीयको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤