Siraha Times
ताजा समाचार

बलान बिहुलमा अपराध न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम

  • वैशाख १६, २०८१
  • ८७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १६ बैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकाको सभाहलमा १३ बैशाख स्थानीय तहमा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो। जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा र गाउँपालिकाको आर्थिक सहयोगमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापा, राष्ट्रिय अनुसन्धानको एसपी सुरेन्द्र कोइराला, सशस्त्र प्रहरीका डिएसपी मोहन राज बिष्ट, नेपाली सेना सहायक सेनानी दिपक बोहरा ,जलस्रोत तथा सिचाइ डिभिजन कार्यालयका प्रमुख रमन साह , बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव सहित प्राविधिकहरूको सहभागिता रहेको थियो ।

साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा, बहुविवाह, सम्बन्ध बिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय सङ्घसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन। सामाजिक अपराध न्यूनीकरणका लागि विद्यालय तथा समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्पर्क शिक्षकमा तोकिएका सामाजिक विषयका शिक्षकको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। ‘हामीले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि कार्ययोजना निर्माण गरेका थियौं,’ उनले भने, ‘कार्ययोजना कार्यान्वयनका क्रममा बालबालिकाको क्षमता विकास कार्य गरेका हौं।’

महिला र बालिकाका लागि मात्र नभएर बालक, युवा र बृद्ध–बृद्धालाई पनि कानुनी ज्ञान र सचेतना आवश्यक पर्ने भएकाले अपराध र हिंसाबाट बच्न र बचाउनका लागि स्कूल–स्कूलमा प्रहरी पुगेर यस्तो कक्षा सञ्चालन गरिएकोे प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए। सामाजिक अपराधबारे शिक्षकले सिक्ने र विद्यार्थीमार्फत अभिभावकसम्म कानुनी ज्ञान पुर्‍याउन कार्यक्रम सञ्चालन गरिएको बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले बताए। ‘अहिले शिक्षकले पढाउँदै आएका छन्,’ उनले भने, त्यही पढाउने कुरा सहज तरिकाले समाजमा पुर्‍याउन सकिन्छ।’

यसमा सैद्धान्तिक ज्ञान मात्रै नभई व्यावहारिक ज्ञानसमेत सिकाइने छ। सामाजिक अपराधका किसिम, कारबाही प्रक्रिया, निवेदन लेख्ने तरिकालगायत विषयमा उनीहरूलाई जानकारी गराइनेछ। कानुनी भाषामा निवेदन लेख्न सिकाएर पीडितलाई न्यायको क्षेत्रमा पहुँच पुर्‍याउन सहयोग पुग्ने विश्वास लिइएको छ। जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त आयोजना रहेको एक दिने सचेतनामुलक कार्यक्रममा श्री राष्ट्रिय आधारभुत दुर्गा तारा बिधालय मल्हनिया र शी जागेश्वर गरहाई जनता उच्च माध्यमिक बिधालय सेहरा , रौतहटका बिद्यार्थी , शिक्षक लगायतका सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१