Siraha Times
ताजा समाचार

नेपाली समाज कतारद्वारा भेटघाट सम्मान तथा सङ्गठन प्रवेश कार्यक्रम सम्पन्न

  • वैशाख १६, २०८१
  • १४७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम वैशाख १६ । जनता समाजवादी पार्टी(जसपा) नेपालको भातृ संगठन नेपाली समाज कतारमा ४३ जना युवाहरु सङ्गठनमा प्रवेश गरेका छन । शनिबार कतारको सनैयामा अवस्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको सङ्गठान प्रवेश कार्यक्रममा ४३ जना युवाहरुले विभिन्न बैचारिक सङ्गठन त्यागेर सामुहिक रुपमा नेपाली समाज कतारमा प्रवेश गरेका हुन।

कतार भ्रमणमा रहनु हुने मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले नव प्रवेशी व्यवसायी मोहम्मद तनबिर रेजा समाजसेवी कलाम खान, चन्द्रबिर यादव, रामबाबु यादव, मेराजुदिनको अगुवाई तथा नेतृत्वमा शकिल अहमद,शेख आरिफ लगायत ४३ जना लाई स्वागत गरेका थिए । सो क्रममा मन्त्री यादवले सही पार्टी चयन गरेकोमा नव प्रवेशीहरुलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा मन्त्री यादवलाई सङ्ग्ठनद्वारा खादा ओढाई सम्मान पत्र हस्तान्तरण गरि सम्मान ब्यक्त गरिएको हो। सस्थाका कार्यवाहक अध्यक्ष जयप्रकाश यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम चन्द्रवीर यादवले संचालन गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१