ताजा समाचार

मधेशमा लगानी गर्न उद्योगी व्यवसायीलाई मुख्यमन्त्री यादवको आह्वान

  • वैशाख ११, २०८१
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वान गर्नु भएको छ । उद्योग वाणिज्य संघ लहानले आयोजन गरेको लाहान एक्सपोको समापन समारोहमा मुख्यमन्त्री यादवले उद्योग व्यवसायका लागि उपयुक्त भुमि मधेश प्रदेशमा लगानी गर्न आह्वान गर्नु भएको हो । मधेश प्रदेशमा गरिने लगानी को सुरक्षा लगायतको बिषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले निर्भीक भएर लगानी गर्न आग्रह गर्नु भयो । 

मधेश बिद्रोहको उदगम भुमी लहान मधेश सरकारको लागि पुज्यनीय भुमी रहेको उल्लेख गर्दै उहाँले लहानको बिकासको लागि गौरवको योजना दिन स्थानीय सरकारलाई आग्रह गर्नु भयो । मधेश सरकारले सहिद संग्रहालयका लागि ३ करोड उपलब्ध गराई सकेको हुँदा जग्गा प्राप्ति र डिपिआर पछि अपुग हुने रकम समेत तत्काल उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भयो । 

लहानबासीको मांगलाई सम्बोधन गर्दै बलान नदि नियन्त्रणको काम शुरु भै सकेको जानकारी गराउदै मुख्यमन्त्री यादवले यसै आर्थिक वर्षमा बलान नदि नियन्त्रणको काम सम्पन्न हुने समेत बताउनु भयो । लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास कुमार सारडाको अध्यक्षतामा भएको उक्त समापन समारोहमा प्रदेश सभा सदस्री ललिता दास बिद्रोही , जिल्ला समन्वय समितिका सभापति दिनेश महतो , लहान नगरप्र्मुख महेश प्रसाद चौधरी , उपप्रमुख राम चलित्र महतो , उद्योगपति पशुपति मुरारका सहितका बक्ता हरुले सम्बोधन गर्नु भएको थियो । 

चैत्र ३० गते शुरु भएको महोत्सव आज सप्पन्न भएको हो । महोत्सवमा नेपाल, बंगलादेश , भारतका १६० ब्यापारीक प्रतिष्ठान सहभागी भएको आयोजकले जनाएका थिए । लहान एक्सपोमा सहभागी हुनु अघि मुख्यमन्त्री यादव प्रदेश सरकारको लगानी जारी वलान नदी नियन्त्रण कार्यको स्थलगत निरिक्षण समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤