ताजा समाचार

निशुल्क आँखा जाँच शिविर संचालनमा भगवानपुरमा

  • चैत २६, २०८०
  • ११८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ चैत्र । सिरहाको भगवानपुर गाउँपालिकाको आयोजनामा यति बेला निशुल्क आँखा जाँच संचालन भैरहेको छ। गा.पा.को आर्थिक सहयोगमा निशुल्क आँखा स्वास्थ्य शिविर आज २४ गते चैत्र देखि भगबानपुर PHC बाट शुरु भएको जानकारी स्थानीय इन्जिनियर सुनिल यादवले दिएका छन ।

पालिका भरीका नागरिकको स्वास्थ्यको ख्याल गर्दै र हरेक नागरिकको पायक पर्ने ठाउँको ब्यबस्थापन गर्दै उग्रनरायण यादव नेतृत्वको सरकारले २६ गते साेमबार रेडक्रस भबन इनर्वा र २७ गते मंगलबार नि.मा. बि. ठाडी गरी ३ ठाउँमा शिविर सँचालन गरी आँखा रोगीको यकिन गरी मोतियाबिन्द ठहरिने बिरामीको निशुल्क आँखा शल्यक्रिया गर्ने योजना रहेको गा.पा. अध्यक्ष यादवले बताएका छन ।

अध्यक्ष यादवले सिरहा टाइम्स सम्बादाता संग छोटो कुराकानी गर्दै चुनावको समयमा घरदैलोको क्रममा धेरै आँखाका रोगी फेला परेको हुँदा आफ्ना नागरिकलाई आँखाको रोगको कारण कुनै किसिमको सास्ती भोग्न नपरोस भने उद्देश्यले पालिका भरिका नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै यस्तो कदम स्थानीय सरकारले उठाएको बताएका छन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤