Siraha Times
ताजा समाचार

सप्तरी जिल्ला विकासमा पछाडी नरहने मन्त्री यादव

  • चैत २३, २०८०
  • ९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजविराज चैत्र २३ । सप्तरी जिल्ला विकासको दृष्टिकोणले धेरै नै पछाडी परेको नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा जनता समाजवादी पार्टी का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । जनता समाजवादी पार्टी सप्तरीद्वारा शुक्रवार राजविराज स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथी मन्त्री यादवले सप्तरी जिल्ला अहिले विकासको दृष्टिकोणले पछाडी परेको छ भने गरिबी र बेरोजगारी मात्रै अगाडी बताएका बताउँदै सप्तरीका विकासमा यहाँको केही तत्व नै अवरोध सृजना गरी रहेको कारण विकासको मामिलामा सप्तरीको बदनामी देशभरिमा भई रहेको बताए । जनता समाजवादी पार्टीले सप्तरीको विकासको लागि राखेको सोच अनुसार सप्तरीको विकास निश्चित रुपमा सम्भव हुने भन्दै मन्त्री यादवले सप्तरीको विकासको लागि आफु प्रतिबद्ध रहेको बताए ।

सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताललाई देशकै नमूना अस्पतालको रुप दिने आफ्नो लक्ष्य रहेको भन्दै लक्ष्य अनुसार भवन निर्माणको कार्यक्रम सम्पन्न भई सकेको र छिट्टै हस्तारण हुने तथा त्यस पश्चात जाँचका आधुनिक मेसिनहरु जडान हुने बताए । गजेन्द्र नारायण सिंह अस्पताल नयाँ भवनमा संचालन भए लग्नै राजविराज नगरपालिका वडा नं. १० स्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य पनि तिव्र रुपमा अगाडी बढाउने बताए । 

सदरमुकाम राजविराजलाई आधुनिक शहरको रुपमा बनाउने र त्यसको लागि रिंगरोड लागतका कामहरु संचालनमा रहेको भन्दै समग्र सप्तरीको विकासको लागि सडक संजाल नै जारी रहेको मन्त्री यादवले बताए । कार्यक्रममा संघीय सांसद रंजु ठाकुर, मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद अनरिुद्ध प्रसाद सिंह यादव, प्रदेश सांसद किरण साह, राजविराज नगरपालिकाका निलिम्बत नगर प्रमुख भिमराज यादव, कार्यवाहक नगर प्रमुख इसरत परवीण, समाजवादी युवा संघका केन्द्रिय सदस्य राजेश कुमार राय ”राहुल“, प्रेम मंच सप्तरीका अध्यक्ष भुषण सिंह, तिरहुत गाउँपालिकाका निवर्तमान अध्यक्ष मनोज बहरखेड यादव, जसपा प्रदेश कार्यकारिणनी सदस्य दिनेश यादव, राजविराज नगरपालिकाका पूर्व नगर प्रमुख शैलेश चौधरी, राजनीतिक समिति सदस्य विनोद चौधरी लगायतले आआफ्ना विचार राखेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१