Siraha Times
ताजा समाचार

प्रदेश सरकार द्वारा रा.उ. प्रादेशिक अस्पताल लहानलाई मेडिकल सामग्री हस्तान्तरण

  • चैत १५, २०८०
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान चैत्र १५ । मधेस प्रदेश सभा सदस्यहरु माननीय राजकुमार गुप्ता, शत्रुधन प्रसाद सिंह लगायत अन्य प्रदेश सांसद सिरहा जिल्ला समन्वय समिति सभापति दिनेश महतो सहित अन्य बिशिस्टहरुको उपस्थितिमा सिरहाको रा.उ. प्रादेशिक अस्पताल लहानका मे.सु. सुनिल कुशवाहा र अस्पताल अध्यक्ष शत्रुहन मण्डललाई मेडिकल सामग्री हस्तान्तरण भएको छ ।

लहान अस्पताल खास गरी सिरहा, सप्तरी र उदयपुर गरी ३ जिल्लाको साझा अस्पतालको रुपमा प्रचलित छ। जुन दिन देखि यो अस्पताल प्रदेश सरकारको मातहतमा गएको छ त्यो दिन देखि अस्पतालमा निकै सुधार देखिए छ तर जुन हिसाबले सेवा प्रवाह हुनु पर्ने हो त्यो खासै हुन सकेको छैन । 

यस अस्पताल प्रति जसपाको चासो त देखियो तर यस अस्पताल हाता भित्र रहेको जग्गा हाल सम्म अस्पतालको नाममा आउन सकेको छैन आखिर के कारणले हो यो कुरो जन्ताले पनि जान्न जरुरी छ। प्रदेश सांसद राजु गुप्ता र जि.स.स. सभापति दिनेश महतो लहान न.पा. उप प्रमुख रामचलितर महतो अस्पताल अध्यक्ष मण्डल अस्पताल प्रति गम्भिर त देखियो तर हाल सम्म यो अस्पताल मधेस प्रदेशमा पहिलो हुन सकेन। यस प्रति सबैको ध्यानाकर्षण हुन जरुरी छ ।

अस्पताल रिफर सेन्टर नबनोस, उपचार गुणस्तर र सस्तो होस आमनागरिकको चाहना छ। यस प्रति मधेस प्रदेशको गम्भिर ध्यानाकर्षण हुन जरुरी छ। खास गरी माननीय राजकुमार गुप्ता (राजु) लाई जन्ताले धेरै भरोसा गरेर यस क्षेत्रको बिकास गर्न अत्यधिक मत सहित बिजय गराएर सरकारमा पठाएका छन। जन्ता परिवर्तन चाहन्छन। जनभावना र जनचाहना पुरा होस। जनबोलीको कदर होस।

May be an image of 9 people, people smiling and temple

May be an image of 6 people, temple and text

प्रतिक्रिया दिनुहोस

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

पति हिंसा, गरिबी र अ ...

रहमुल, लहान, २९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाकी देवकुमारी यादवको जीवनक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१