Siraha Times
ताजा समाचार

गृह राज्य मन्त्री लेखीलाई लहानमा भब्य स्वागत

  • चैत १४, २०८०
  • ८९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह लहान १४ चैत - नव नियुक्त मन्त्री राज कुमार लेखीलाई लहानमा भब्य स्वागत गरेका छन्।मधेस प्रदेशको गृहमन्त्री राज कुमार लेखीलाई लहानमा बैंक पीडित उधोगी ब्यवसायी संघर्ष समितिद्वारा स्वागत गरेका थिए। उक्त स्वागत कार्यक्रममा बैंक पीडितहरुको समस्या बुझदै मन्त्री लेखी गम्भीर हुँदै आफू कडा रूपमा समस्याको समाधान तिर लाग्ने जनाए। संघर्ष समितिका सिरहा अध्यक्ष खडग नारायण चौधरीले बैंक पीडितहरुको समस्या मन्त्री लेखीलाई सुनाएका थिए।

पीडितहरुको समस्या उन्मुलन गर्न लिखित रूपमा आएको समस्या स्वीकृत गरी छिटै समस्या समाधान तिर लाग्ने बताए।एक औपचारिक कार्यक्रममा मन्त्री लेखीले ब्यापारी उघोगीको समस्या प्रति आफू कटिबध रहेको भन्दै एक हप्ता भित्रै संघर्ष समितिबाट लिखित रूपमा डेली केशन माग गरेका हुन। जिल्ला अध्यक्ष चौधरीका अनुसार संघर्ष समितिको बैठकले निर्णय गरी सक्दो हप्तादिन भित्रै डेलिकेशन लिएर मन्त्रीलाई भुझाउने बताए।मन्त्रीलाई स्वागत गर्न जिल्ला अध्यक्ष खडग नारायण चौधरी,ऋण समिति अध्यक्ष दिपेन्द्र साह सचिब मनोज साह लगायत उल्लेखनीय सदस्यहरुको उपस्थिति रहेको अध्यक्ष चौधरीले जनाए।

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बन्नु भन्दा अगाडी देशको अर्थ तन्त्र चलाईमान गर्न बैंक ब्याज सिङ्गल डिजिजमा ल्याउने प्रतिबद्धता जनाएका थिए। ब्यापारीको प्रमुख मुद्दा:-

- रिनुवल ५ बर्षमा हुनुपर्ने।

- कर्जा फिर्ता गर्ने अबधि कम्तीमा २० बर्ष हुनुपर्ने।

- ब्याज दर ५% सत भन्दा बढी हुनु भएन र सक्दो निरब्याजी हुनुपर्ने।

- ब्यापार चलाईमान गर्न ब्यापारी आवश्यकता अनुसार ब्यापारी चाहिएको पुरानै धितोमा ऋण उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१