Siraha Times
ताजा समाचार

महिला किसान नेतृत्व बिकास सम्मेलन काठमाडौमा

  • चैत ९, २०८०
  • ७३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ चैत्र राष्ट्रिय कृषक समूह महासंघ नेपालका देशैभरिका तहगत संरचनाका महिला नेतृत्वहरुको सहभागितामा महिला किसान नेतृत्व विकास सम्मेलन हिजो देखि शुरु भइ आज सप्पन्न भएको छ। महासंघकाे VSO Nepal र CARE Nepal संगकाे सहकार्यमा सम्पन्न भएको कार्यक्रममा सम्मेलनले महिला किसानको सवाललाई संस्थागत अगुवाइ गर्दै कृषिमा भएको महिलाकरणलाई उद्यमशीलतामा रुपान्तरण गर्ने वातावरणको अगुवाई गर्न महासंघको तहगत संरचनालई सशक्त र गतिशील बनाउन महासंघको संरचना भित्र महिला किसान मंच परिचालन गरी अगाडी बढ्ने संकल्प गरेको छ।

हालको कृषि क्षेत्रलाई नियाल्दा खेतीपाती काममा महिलाको ठुलो जमात संग्लन रहेको देखिन्छ तर ती महिला दिदीबहिनीको कामको उचित मुल्यांकन हुन सकेको छैन। राज्यले महिलालाई उधमशिल्ता तिर आकर्षण गर्न सकेको छैन तर महासंघले यी महिला कृषकहरुलाई बिभिन्न बिषयमा दक्ष बनाइ जैविक बिधि द्वारा खेती गराइ कृषिमा आमुल परिवर्तन गर्न खोज्दै छन र यस महान कार्यमा राज्यले पनि अभिभावकको भुमिका निर्वाह गर्न जरुरी छ। 

महिला दक्ष भै सरकारको सहयोगमा कृषि क्षेत्रमा हाम फाल्यो भने पुरुष आपसे आप उनीहरुको पछि लाग्न बाध्य हुन्छ अनि देश बिकास तिर लम्किन्छ तथा देशमा कायापलट हुन्छ। त्यति मात्र हैन हाम्रा देशका युवा बिदेशिनुको साटो अन्य देशका युवा शक्ति हाम्रो देशमा रोजगारीका लागी भित्रिनु बाध्य हुन्छ। यस सम्मेलन मार्फत देशै भरी राम्रो सन्देश गएको छ अब देशै भरीका सम्पुर्ण स्थानिय सरकार, प्रदेश सरकार र संघीय सरकार यस तर्फ गम्भिर हुन जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१