Siraha Times
ताजा समाचार

सुत्केरी महिलाहरूलाई उन्नत जातका बिउबिजन बिततरण नवाराजपुरमा

  • चैत ४, २०८०
  • ७०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ४ चैत्र सिरहाको नवराजपुर गाउँपालिकामा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुलाई उन्नत जातको तरकारीको बीउ बिजन वितरण गरिएको छ।एक पछि अर्को उदाहणीय कार्य गर्दै शिवउदगार यादव नेतृत्वको स्थानीय सरकार यस बर्ष कृषिमा सुधार गर्दै अगाडी बढिरहेको देखिन्छ। जिल्लामा सुगम ठाउँ हुदाहुदै दुर्गम क्षेत्रमा परिचित यो पालिका बिगत दुई बर्ष भित्र सडक संजालमा धेरै प्रगति भैरहेको, पालिका भित्र रहेको गाउँहरु झकमक बति बलेको, ऐलानी जग्गा परती सरकारको नाममा ल्याउन प्रयास भैरहे र धेरै भौतिक संरचनाको थालनी भैरहेको प्रष्ट देख्न सकिन्छ ।

पोषणको अभावमा केहि दिन अगाडी ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरू गर्भवतीको अबस्थामा धेरै कठिनाई भोगिरहेको अबस्था थियो तर समय परिवर्तन संगै यो समस्या बिस्तारै हटदै गैरहेको छ। शिक्षा र चेतनाको अभावमा बिभिन्न कठिनाई भोगिरहेका महिलाहरुको समस्या बिस्तारै अब घटदै गैरहेको तर यस पालिकाको जनप्रतिनिधिहरुको लगन र मेहनत अझ बढि प्रभावकारी देखिएकोले यस तर्फ हरेक स्थानीय तहको ध्यानाकर्षण हुन जरुरी छ।

May be an image of 3 people and hospital

May be an image of 13 people and hospital

 

प्रतिक्रिया दिनुहोस

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

पति हिंसा, गरिबी र अ ...

रहमुल, लहान, २९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाकी देवकुमारी यादवको जीवनक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१