ताजा समाचार

उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारी लाई स्वागत

  • चैत ४, २०८०
  • ७७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , चैत्र ४ नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सबै जनताले बास पाउनुपर्ने बताएका छन् । उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितको समस्याको हलमा केन्द्रित भएको बताएका छन् । जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । जिल्ला र राष्ट्रको समस्या समाधान गर्ने कामको रणनीति बनाएर उत्थान गरिने उनले बताए । 

सुखी नेपाली, समृद्ध नेपालको बनाउने सवालमा पूँजी र क्षमताको आधारमा सबैलाई प्राप्त हुने गरि काममा ध्यान केन्द्रित भएको उनले बताए । भूमीहीन जटिल समस्या भएको बताउँदै त्यस समस्याको हल गर्ने कुरामा मन्त्रालय र सरकार लाग्ने मन्त्री अधिकारीको भनाई छ ।  उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले कृष्णनगर भन्सार नाका लुम्बिनी प्रदेशको मुख्य नाका भएकोले सुक्ख बन्दरगाहको लागि पहल गर्नु ध्यानाकर्षण गरेका छन् ।

उनले कृष्णनगर मूख्य व्यापारिक केन्द्र भएको बताउँदै बजारीकरण गर्नुपर्ने बताए । उनले सुकुम्बासी, दलित भूमीहीन, अव्यवस्थितलाई लालपुर्जा उपलब्ध गराई बासको व्यवस्थामा ध्यान दिनुपर्नेमा जोड दिए ।  यस्तै कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सुशिल श्रीवास्तव, वडा अध्यक्ष कृष्ण कुमार गुप्ताले कृष्णनगर मुख्य व्यापारिक केन्द्र र औद्योगिक क्षेत्र भएकोले केन्द्र सरकारबाट पहल गरि कृष्णनगरको विकासमा जोड दिन आग्रह गरेका थिए ।   घनश्याम अग्रहरी,  विक्रम अग्रहरी, सत्य नारायण अग्रहरी, दिपक कसौधन, रेनु शर्मा, नारायण कनोडिया, नुर मोहम्द, वृजेश कुमार गुप्ता, राहुल मोदनवाल लगायत धेरैको सहभागिता रहेको थियो। कार्यक्रममा उद्घोषक प्रहलाद पाण्डेय रहेका थिए।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤