Siraha Times
ताजा समाचार

जग्गाको निस्सा पाएपछि नागरिकमा छायो खुशी

  • फागुन २६, २०८०
  • ७४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २६ फाल्गुन । सिरहाको लहान नगरपालिका १६ तरेगनामा स्थानिय सरोकारवालाले एक कार्यक्रम मार्फत जग्गाको निस्सा पत्र बितरण गरेको छ । नगरमा पहिलो पल्ट महेश प्रसाद चौधरी नेतृत्वको स्थानीय सरकारले तरेगनाका ३७३ जना गरिब,दलित अतिबिपन्न तथा भुमिहिनलाई २१ फाल्गुनमा जग्गाको निस्सा बितरण गरेको छ।

स्थानीयका अनुसा लहानका मेयर चौधरीले बिपन्नका बर्सौ दिनको सपना पूरा गराइएको बुझिएको छ।अर्को तिर सिमा बिवादका समस्या यसै वाडामा रहेकोले यसलाई छिट्टै समाधान गरी यहाँका जनताका लागी जिवन स्तर माथी उकास्न सक्दो सहयोग गर्ने मेयर चौधरी र उपमेयर रामचलितर महतोले आश्वासन दिएको समेत बुझिएको छ। नगरपालिकाले प्रत्येक बिकासमा यस वाडालाई प्राथमिकतामा राखेर अगाडी बढ्ने मेयर उपमेयरले जन्तालाई बताएका छन।तरेगनाको भसुवा स्कुल ७ कक्षा सम्म थियो तर अहिले नगरपालिकाले १० कक्षा सम्म सन्चालन गराएको हो। विकट ठाउँलाई पालिकाको आफ्नै स्रोतसाधनले बाटोघाटो बनाइएको छ बताउदै मेयर चौधरी यस ठाउँमा स्वास्थ र रोजगारका बिकास छिट्टै ल्याउने प्रयास गरेकै हो भनी बताएका छन।

जग्गाको किताकाटका लागि अमिन खटाएको छ भने सहज रुपमा जगाको लालपुर्जा नागरिकले पाओस भनी उदेश्यले मलपोत प्रमुख समेतलाई ध्यानाकर्षण गराइ सकेको बताउदै उपमेयर रामचलितर महतोले केहि दिनमा नगर बासीले लोकतन्त्रको अभास गर्ने समेत बताएका छन। याद रहोस यस नगरको उत्तर क्षेत्रमा रहेको यो वाडा सदियौ देखि बिकट रहेको अबस्था छ। धेरै दिन देखि यस क्षेत्रका जन्ताहरु जग्गाको समस्या संगै अनेक समस्याको चपेटामा परेको अबस्था थियो र यसलाई पनि छिटै समाधान गर्ने उपमेयर महतोले बताएका छन।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१