Siraha Times
ताजा समाचार

सद्भाव कायम गर्न दुबईमा मधेशी एकता समाजकाे हाेली महाेत्सव २०२४ हुदै

  • फागुन १३, २०८०
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

श्रीकान्त झा । सिरहा । फाल्गुन १३ गते। समाजिक सद्भाव कायम गर्नुकाे साथै आफना धर्मसाँस्कृति संरक्षणकाे उद्देश्यले दुबईमा हाेली महाेत्सव २४ मनाउन लागिएकाे छ । युएई मा रहेका मधेशी समुदाय को साझा संस्था मधेशी एकता समाज, युएईद्वारा हरेक वर्ष झै यस बर्ष पनि उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष धर्मेन्द्र यादवले बताएका हुन् । अध्यक्ष यादवका अनुसार मनाउन लागिएकाे हाेली महाेत्सव २०२४ ! मार्च ३, २०२४ मा बर दुबई स्थित अस्टोरिया होटल एव्रेस्ट क्लबमा होलि विशेष कार्यक्रमको आयोजना हुनेछ ।

सो कार्यक्रममा मधेशका ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुति रहने छ भने धर्म प्रतीकाे आस्था राख्नेकाे उपस्थितिमा हुने कार्यक्रम आयोजक समितिले जनाएको छ । उक्त हाली महाेत्सव २०२४  काे कार्यक्रममा ख्याती प्राप्त कलाकार एवं गायक जागेश ठाकुर तथा नृत्यांगना निरुता शाहको प्रस्तुति रहने छलभने स्थानीय कलाकार गायक भोला पासवान तथा नृत्य तर्फ इशा, शितल र पुनमको साथै नेपाली बोइज ग्रुपको प्रस्तुति पनि रहनेछ। स्थानीय समय अनुसार बिहान १० बजे बाट सुरुहुने कार्यक्रम निकै आकर्षक हुने आयोजकको भनाई छ ।

कार्यक्रमलाई सव्य भव्य एवं सफल बनाउन युएई मा रहेका सम्पूर्ण मधेशी तथा हिन्दु विदेशमा रहेका सम्पूर्ण हिन्दुहरूमा आग्रह गरिएकाे अध्यक्ष धर्मेन्द्र यादबले बताए । मधेशमा आपसि हिन्दू कायम राख्नुकाे साथै धर्म प्रतिको आस्था विश्वास कायम राख्नु हाम्रो समाजमा आजकाे आवश्यकता रहेकाे छ । हामी खाडी पुगे नि हाम्रो देश,धर्म साँस्कृतिकलाई जाेगाउने तर्फ छाै । याे एउटा हाेली महाेत्सव एकताकाे सन्देश रहेकाे अध्यक्ष यादवकाे कथन छ ।

प्रतिक्रिया दिनुहोस

२३औँ राष्ट्रिय धान द ...

रहमुल, काठमाडौं, १४ असार । "धान उत्पादन बढाऔँ, किसान समृद्ध बनाऔँ, देशलाई खाद्यान्नमा आत्मनिर्भर बना ...

बागमती प्रदेश समन्वय ...

आशिक हुसैन शेख दोहा कतार, जुन २८ । "सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना" भन्ने ...

लहानमा संघीयता कार्य ...

लहान, असार १४ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सवलीकरण तथा सांस्कृतिक सम्पदा संरक्षण समित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१