देशको सवैभन्दा लामो झोलुङ्गे पुलको प्रधानमन्त्रीद्वारा उद्घाटन

  • फागुन १२, २०८०
  • ७१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकबाल राम
सिरहा - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमला नदीमा निर्माण भएको नेपालकै सवैभन्दा लामो झोलुङ्गे पुलको आज उद्घाटन गरेको छ ।

सिरहा नगरपालिका वडा नं १३ मल्हनीया र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले प्रचण्डले उद्घाटन गरेको हो ।
करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको रु तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।

झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ । सो पुल निर्माण गर्ने अभियान धनुषाका स्थानीय ईन्जिनियर विनोद मण्डलले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा न ...

रहमुल लहान २९ असोज । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण सम्ब ...

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१