ताजा समाचार

उपप्रमुख यादवद्वारा डीहवार मन्दिरको प्राङ्गणमा मरबा शिल्यानास

  • फागुन ९, २०८०
  • १६११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ९ फाल्गुन सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ बेतहा जगतपुरमा गा.पा. उपप्रमुख निलम यादवद्वारा डीहवार मन्दिरको प्राङ्गणमा मरबाको शिल्यानास भएको छ । आ.ब. ०८०/८१ को स्थानीय सरकारको रु.५ लाखको बजेट बाट उक्त मरबा बन्न लागेको स्वम उपप्रमुख यादवले बताएकी छिन।

डिहवार मन्दिर भनेको सनातन हिन्दु धर्म अनुसार ग्राम देवता हो भनेर मधेस प्रदेशमा चिनिदै आएको छ र यस तर्फ सबैको उतिकै आस्था रहेको समेत देखिन्छ तर हाल सम्म उक्त मन्दिर सम्म पुग्न बाटोको ठुलो समस्या रहेकोले यस तर्फ समुदाय गम्भिर हुन जरुरी रहेको देखिन्छ। पालिका उपप्रमुख यादव चुनाव जिते देखि आफु उपप्रमुखको पदमा रहेपनि समय सापेक्षिक आफ्ना योगदान यहाँका जन्ता समक्ष दिइकै छु बताएकी छिन। विगतमा उहाँले गर्नुभएको काम यहाँका जन्ताले राम्रै अनुभूति गरेका छन् एक पछि अर्को काम पालिका भित्र गरेर आम जन्ताको मन जित्न सफल हुदै गैरहेकी उपप्रमुख यादव आउने दिनमा छुट्टै पहिचान बनाउने सोचमा रहेको समेत बताएकी छिन।

उहाँ अगाडी थप्दै म आफ्नो जिवनमा राजनैतिकमा आउने बितिकै उप प्रमुखको जिम्मेवारी पाँए र धेरै बिषयमा अध्यन गर्दै आए र धेरै बिषय बस्तु जान्न बुझ्न पाए बताउदै हाम्रो समाजमा अनेक समस्याहरु जस्तै शिक्षा,स्वास्थ्य, खाद्यान्न र अवासयी गतिलो हुन सकेन। महिला तथा बालबालिकाको समस्या लगायत न्यायको सवाल फितलो रहेको बताएकी छिन। कार्यक्रम सके पश्चात सन्चारकर्मी संग थप कुराकानी गर्दै जन्ताले प्रजातन्त्रको अनुभुती गर्नु पर्छ। जन्ताले मत दिएर जनप्रतिनिधि चुनेको छ र जन्ताको मतको कदर हुनु पर्छ। जनबोलीको कदर हुनु पर्छ बताएकी छिन। उहाँ अझ थप्दै नेपाल सरकारले स्थानीय सरकारलाई पठाइएका कार्यक्रम मात्रै सबैको सहमतिमा भैदियो भने यो पालिका बिकास हुन धेरै समय नलाग्ने समेत बताएकी छिन। 

हुन त मानिसले मरीलानु के नै छ र?यस धर्तीबाट भ्याएसम्म जन्ता सेवा गर्ने सोच लिएकी यादव वास्तमा समाजसेवी तथा विकास प्रेमी नै हुन् यहाँका जन्ताले अनुभूति गरिसकेका छन् । आज मडबा शिल्यानस संगै २४ घन्टे अस्ठ्जाम जाप शुरुवात गर्दै उप प्रमुख यस पालिका भित्रका सम्पुर्ण जनप्रतिनिधि एक ठाम मिलि सरकार संचालनमा जुट्न आग्रह गरेकी छिन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤