ताजा समाचार

बिधालय सुधार योजना निर्माण कार्यशाला नवराजपुरमा

  • फागुन ७, २०८०
  • ९९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान फाल्गुन ७ । सिरहाको नवराजपुर गा.पा.को आयोजनामा विद्यालय सुधार योजना निमार्ण कार्यशाला सम्बन्धी ३ दिने प्र.अ तालिम सञ्चालन भएको छ। गा.पा. अध्यक्ष शिवउदगार यादवको अध्यक्षतामा शुरु भएको तालिममा प्र.अ. हरुलाई सामेल गराइ शिक्षा क्षेत्रलाई राम्रो बनाउन यो कार्यशालाको आयोजना गरिएको अध्यक्ष यादवले जनाएका हुन। शिक्षक टिमलाई मजबुत बनाइ शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन खोजेको स्थानीय सरकार केहि दिनमै शिक्षा सम्बन्धि धेरै गतिबिधि शुरु गरिसकेको प्रष्ट देख्न सकिन्छ। आ.ब. ०८९/८० को शिक्षा सम्बन्धि गतिविधिलाई समिक्षा गर्दै र यस बाट सिकेका सिकाइहरुलाई समेट्दै, सरकारी स्कुल प्रति जुन आम मानिसमा बुझाइ छ त्यसलाई चिर्न तथा वास्तवमा सरकारी स्कुलको स्तरउन्नति गर्न यो कार्शालाको आयोजना गरिएको गा. पा. अध्यक्ष यादवले समेत बताएका छन। उहाँ अगाडी थप्दै म निर्बाचित भए देखि शिक्षा प्रति गम्भिर भएर यत्रो दिन आफ्नो टिमका साथ यस कार्यमा लागेर यस क्षेत्रमा गहिरो अनुभव गरे पश्चात् शिक्षक, बिद्यार्थी, अभिभावक, समुदाय र सरकार मिलि शिक्षामा सुधार ल्याउने खालको योजना बनाउन यो कार्यशालाको आयोजना गरिएको बताएका छन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤