लुम्बिनी प्रदेश मुख्यमन्त्रीद्वारा गनवरिया-शान्तिनगर सडककाे शिलान्यास

  • फागुन ५, २०८०
  • ७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु ५ फाल्गुन। जिल्लाकाे महराजगंज नगरपालिकाकाे गनवरिया-शान्तिनगर सडकखण्ड निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएकाे छ । ग्रामीण बिकास तथा साना शहरी पुर्वाधार निर्माण कपिलवस्तु अन्तर्गत हुलाकी राजमार्गको गनवरिया चोक देखि दक्षिण सेमरी हुँदै शिसवा , शान्ति नगर सम्मको सडक निर्माण कार्यको लुम्बिनी प्रदेस सरकारका मुख्य मन्त्री माननीय डिल्ली बहादुर चौधरीले आज शिलान्यास गर्नुभएको छ ।

कार्यक्रम महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम खांको अध्यक्षतामा सम्पन्न भएको हो । पुर्वराज्य मन्त्री एवं कांग्रेस नेतृ रिना नेपालकाे पहलमा सडक निर्माण याेजना अघि बढेपनि बाकी बचेकाे कुशहवा बढ्नी बार्डरसम्मकाे बाटाेेलाई समेत समेटेर बजेट बिनियाेजन गरिदिन लुम्बिनी प्रदेश सरकारलाई उपस्थित जनप्रतिनिधिले मन्चबाटै अनुराेध गरेका थिए । लुम्बिनी प्रदेश का मुख्यमन्त्री डिल्लीराम चाैधरीले कपिलवस्तु जिल्लाकाे सांस्कृतिक , ओैधाेगिक एवं सशक्त सामाजिक रुपान्तरणमा आफू कटिबद्ध रहेकाे बताउनुभयाे । कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल र बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ लगायत विभिन्न जनप्रतिनिधि र एवं राजनैतिक दलका प्रमुख तथा सशरी बिकास मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

श्रीनिधि साकोसको १४ ...

रन्जित चौरसिया वीरगंज २६ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षि ...

मधेश आन्दोलनका सहिदप ...

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधे ...

सुरुङ्गा नगरपालिकाको ...

रासिन्द्र यादव लहान २५ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा (हिउँदे अधिवेशन) सुरुङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१