Siraha Times
ताजा समाचार

सि.सि क्यामेरामा जे कैद छ,जसको जे भुमिका छ उसैलाई कार्वाही गरियोस् -मेयर यादव

  • माघ २९, २०८०
  • १००५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २९ माघ । मिर्चैया नगरपालिकाका मेयर यादवले आईबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कार्वाहीमा ल्याउनुपर्ने माँग गरेको छ । नगरपालिकामा तोडफोड भएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु ससंकित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने भन्दै आज पत्रकार सम्मेलन गरी माँग गरेको हो ।

मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडी पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सवैखालको प्रयास भईरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डा शैलिको घोर भ्रत्सना गर्दछौं। घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीमा ल्याउनमाँग पनि गर्दछौं। तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई ससंकित बनाएको छ । संकाकै बिचपनि हामीले न्यायको आशा गरेको मेयर यादवले बताए। उनले भने, ‘हामीले प्रहरीलाई संकाको बावजुत प्रहरीको अनुसन्धान प्रभावित पार्ने पक्षमा छैनौं। उहाँहरु आफै पनि घाइते हुनु भएको छ। दोषीमाथि कार्वाही हुनेमा हामी विश्वस्त छौं।’

मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवससहित ३०-४० जनाको समूहमा आएका उछृङ्खल समूहले अन्धाधुन्ध ढुङ्गामुडा प्रहरगरी कार्यलयमा क्षति पुर्याएको नगरपालिकाले जनाएको छ। गोहीवार वडा अध्यक्ष पवित्रि देवी यादवको श्रीमान हुन् । गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरुलाई दुव्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ। उनले वडा कार्यालयका सवै कागजातहरु कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरुले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमु, विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो। उनीहरुले यस्ताखालका घटना तत्काल रोक्न सम्वन्धित निकायसंग अपिल गरे।

 

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१