Siraha Times
ताजा समाचार

न्याय माग्न जादा पक्राउ परे साहका भाइ र आमा

  • माघ २३, २०८०
  • ९०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २३ माघ । विगत लामोदेखि न्याय माग्दै धर्नामा बसेकी आरती साहकि भाइ र आमा अन्तत: आज प्रहरीको खोरमा पुगेकी छिन यहा न्याय माग्नु अपराध हो भन्ने शब्द थाहा हुदा हुदै पनि मुर्खता देखाएका पिडित साहको परिवारलाई सायद थाहा भइनै सक्यो होला तर पनि न्याय पाउछु कि भनेर हिजो सोमवार सिंहदरबारबाट आरती साहका भाइ र आमा पक्राउ परेका छन् । उनीहरू विगत लामो समयदेखि आरती साहको न्यायका लागि लड्दै आएका थिए । आरतीको न्यायको लागि सोमवार दिउँसो ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । उनीहरू दुवै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए ।यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । गत मंसिरमा सर्वोच्च अदालतले आरतीका श्रीमान् मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आरतीका ससुरा मदनमोहन भने एक लाख धरौटीमा छुटेका थिए । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१