Siraha Times
ताजा समाचार

हुलाकी सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँच तीब्र

  • माघ १९, २०८०
  • १९६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ माघ । सिरहा र सप्तरीको हुलाकी सडक खण्डमा अहिले ट्राफिकद्वारा चेक जाँच कार्यलाई तिब्रता दिएको छ । विगत केहि दिन यता यस हुलाकि सडकखण्डमा जोखिमपूर्ण दुर्घटना हुदै आइरहेको भएकोले यस कार्यलाई तीव्रता दिएको बुझिएको छ साथै अहिलेको अवस्थामा हुलाकी सडक चिप्ला र सुबिधा सम्पन्न रहेको अबस्था छ। कम सवारी साधन चलेको कारण तिब्र गतिमा सवारी साधन चलेकोकारण दुर्घटना बढी भएको खवर प्राप्त भैरहेको कारण ट्राफिक चेकजाँचमा कडाइ गरिएको महेशवारी ट्राफिक प्रहरीले जनाएका छन ।

सिरहा सप्तरी जोड्ने बलान नदि पुलको पश्चिम महेशवारी ट्राफिक पोस्टले चेकजाँच गरिरहेको बखत देखिएका समस्याहरु जस्तै बिना हेलमेट बिना कागज पत्र छिमेकी देश भारतको बिहारी शैलीमा ३/३ जना सवार मोटरसाइकलअत्यधिक गतिमा कुदाउनु र पहुच पावरको बलमा सवारी साधन चलाउनु जस्ता अनेकौ समस्याहरु देखिएको छ । नागरिकको जिउधन सुरक्षाको निम्ति सडकमा दिनरात खटिरहेका ट्राफिकहरु माथी आइ लाग्ने उल्टै ट्राफिक प्रहरीलाई धम्काउने जस्ता क्रियाकलापहरुले उदण्डता प्रष्ट देखिएको छ। दुर्घटना हुदा पनि ट्राफिकले गाली खानु पर्ने तथा दुर्घटना न्यूनीकरण गर्न खोज्दा पनि ट्राफिकले नै गाली र धम्कीको शिकार हुनु पर्ने जस्ता गतिविधिलाई ध्यानमा राखी अहिले नेपाल ट्राफिक प्रहरीको चेकजाँचमा कडाई गरिएको बुझिएको छ ।

जे जस्तो भए पनि हाल ट्राफिक प्रहरीको प्रयासले दुर्घटनामा कमि आएको देखिन्छ। लागुऔषध नियन्त्रणमा समेत सहयोग पुगेको देखिन्छ भने हुलाकी सडक अन्तर्गत बसोबास गर्ने नागरिकमा चेतनाको बिकास समेत भएको देखिन्छ । तर कागज पत्रको मामला र राज्स्व संकलन कार्यमा कताकता यातायात कार्यालयको कमिकमजोरी देखिएको छ । सवारी साधनको कागज पत्र दुरुस्त पार्न झनझटिलो र महगो देखिएकोले यस तर्फ सम्बन्धित निकाय चनाखो हुन जरुरी रहेको समेत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१