Siraha Times
ताजा समाचार

मल्ल राजाको पालामा दरबारिया भाषा मैथिली थियो उपेन्द्र यादव

  • माघ १८, २०८०
  • ७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले देशमा गणतन्त्र आए पनि एक भाषा एक भेषको नीति कायम रहेको बताएका छन। जनकपुरधाममा आयोजित साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राज्यसत्ताले मैथिली भाषासँग भेदभाव कायम राखेको बताएको छ।उनले भने प्रभुत्व जब राज्यसत्ता र शक्तिमाथि जम्यो।एक भाषा एक भेषको निती लियो ।

त्यसपछि विस्तारै मैथिली भाषा, मैथिली साहित्य र मिथिलाभाषीको पहिचानलाई विस्तारै दबाउन थाल्यो। मल्ल राजाहरुको कालमा दरबारिया भाषा मैथिली थियो।काठमाडौंमा प्रताप मल्ल, हरिसिद्धि मल्ल, सिद्धि नरसिंह मल्लसहित धेरै मल्ल राजाको कालमा दरबारिया भाषा मैथिली थियो । त्यतिबेला दरबारमा मैथिली भाषाको नाटकलाई प्राथमिकता दिन्थ्यो। मल्ल कालमा दरबारियाले कैयौ मैथिली नाटक रचना गर्न लगाएको भन्दै उनले राज्यसत्ता र शक्ति एक खास विशेषको हातमा पुगेपछि मैथिली भाषा विभेदमा परेको तर्क गरे ।

उनले भने हामीले नेपाली भाषालाई सम्मान गर्छौं । तर नेपालीभाषी मैथिलीको कति सम्मान गर्छन् इतिहासले बताउँछ। नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अब विभेद अन्त्य भएको बताएका थिए । उनलाई लक्षित गर्दै अध्यक्ष यादवले भने अहिले पनि विभेद कायम छ । काँग्रेसका सहमहामन्त्री महेन्द्र जी अहिले पनि एक भाषा एक भेषकै नीति छ । जिल्ला प्रशासन कार्यालयमा जानुस् त मैथिली भाषामा निवेदन लिन्छ ? लिदैन।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१