ताजा समाचार

हुलाकी सडक निर्माण कार्य छिटो पुरा गराउन सर्लाहीका जन्ता द्वारा चक्का जाम

  • पुस २०, २०८०
  • ७९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २० पुस । रौतहटको गौर देखि चन्द्रनिगाहपुर जाने बाटोमा दिउँसो १ बजे देखि निरन्तर सडकमा चक्का जाम भएको छ।हुलाकी सडक बागमतीघाट बडहर्वा पुल वर्षौ देखि अलपत्र रहेकोे हुँदा पुल निर्माण गराउनका लागि स्थानीय जन्ताहरु आन्दोलन र टायर बालेर सरकारको विरोध प्रदर्शन गरेका छन। सोचनिय बिषय के रहेको छ भने पुर्व मेचि देखि पश्चिम महाकाली सम्मको लगभग ११ सय कि.मी. हुलाकी सडक अहिले सम्म पुरा बन्न सकेको छैन जबकी अरु मार्गहरु २/३ बर्षमा चिप्लो सडक बनेको धेरै उदाहरणहरु छन जबकी देशकै सब भन्दा पुरानो सडक हुलाकी मार्ग हो।

कारण खोज्दै जादा यो सडक मधेसमा रहेकोले बन्न सकेन कारण मधेसीलाई देशमा दोस्रो दर्जाको नागरिकको हैसियत दिएको प्रष्ट देख्न सकिन्छ। आखिर पहाडी मधेसी बिच खाडल किन? एक दुईटा दलले मधेसको सार्बाङगिक बिकासको बारेमा अवाज उठाएको देखियो तर आफुलाई ठुला पार्टी सम्झिने ठुला दलहरुले मधेस बिकास सम्बन्धि चिन्तन मनन गरेको समेत देखिएन किन? जबकी आधा भन्दा बढि नेताकार्यकर्ता र सांसद मधेस बाट चुनिएर सरकारमा सधैं गैरहेको छ तर कोइ चुइक बोल्दैन किन?

आखिर मधेसका जन्ताको बिकास किन भैरहेको छैन?मधेस प्रति किन गम्भिर छैन सरकार। कहिले सम्म हेपिने हो मधेसी? धोती, मर्सिया, भैया जस्तो अपमानित शब्द पहाडी समुदयको मुख बाट कहिले हटने हो यावत अनेक प्रश्न उब्जिएको छ। देशका नागरिक कानुन सम्बत सबै बराबर हुन तर काखापाखा किन? अहिले पनि हरेक नागरिक सम्मान पुर्वक जिवन यापन गर्न पाउन यस तर्फ यथा सिघ्र सरकारको ध्यानाकर्षण होस। जति सक्दो छिटो हुलाकी सडकको निर्माण कार्य सम्पन्न होस भनी माग नागरिक समाजको रहेको छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤