Siraha Times
ताजा समाचार

रेडक्रस इनर्वा उपशाखाको ३० औ साधारण सभा सम्पन्न

  • पुस १९, २०८०
  • ७८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ पुस । सिरहाको भगवानपुर गाउँपालिका ५ इनर्वामा रहेको नेपाल रेडक्रस उपशाखाले ३०औं साधारणसभा भव्यताका साथ समपन्न भएका छ। शाखा अध्यक्ष बद्रीनारायण यादवको अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद माननीय रामशंकर यादव, बिशिस्ट अतिथि गा.पा. अध्यक्ष उग्रनारायण यादव, भु.पु. मन्त्री राजलाल यादव, भु.पु. गा.पा. अध्यक्ष बेचन यादव बिभिन्न पार्टीका नेताहरु, उपशाखाका सम्पुर्ण पदाधिकारीहरु, आजीवन सदस्यहरु, नागरिक समाज र पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो।

संस्था सचिव राजेन्द्र प्रसाद यादव द्वारा संचालन भएको कार्यक्रममा बर्ष भरीको आम्दानी खर्चको लेखापरीक्षण संतोषजनक प्रस्तुत भएको कार्यक्रमका सहभागीहरु र सदस्यहरुले जनाएका छन। कार्यक्रममा बोल्दै विभिन्न बक्ताहरुले नेपाल रेडक्रस सोसाइटी जोखिम ब्यबस्थापन, दैविक प्रकोप र आपतकालीन सेवा लगायत गरीब दलित बिपन्न, निसहायहरुलाई सेवा तथा उद्दार गर्नुको साथै विभिन्न कारण बाट पिडितहरुलाई सहयोग गरिरहने संस्था हो बताएका छन।

इनर्वामा २०५० सालमा स्थापना भएका यस संस्थाको अहिले सम्म राम्रो प्रगति रहेको देखिन्छ। आफ्नै भवन, रंगमंच र बिभिन्न संरचना तैयार भइ हाल गर्भवती महिलाहरुको लागी निशुल्क एम्बुलेन्स सेवा संचालनमा रहेको समेत बताएका छन। यस संस्थालाई अझ ब्यबस्थित गरी सेवा प्रवाह गर्न स्थानीय सरकार पछि नहट्ने बताउदै गा.पा. यादवले भवनको माथिलो तल्ला, एम्बुलेन्स राख्ने घर र बाउन्ड्री केहि दिनमा निर्माण हुने बताएका छन भने यस संस्थाको उन्नति प्रगतिको लागी लागी सके जति सहयोग केन्द्र बाट गराउने प्रतिबद्धता संघीय सांसद रामशंकर यादवले गरेका थिए। 

हाल सिरहा जिल्ला भरी २५ वटा शाखा मध्ये १ न. स्थान ओगटेका इनर्वा उपशाखामा एक दुई बाहेक पुरानै समितिलाई निरन्तरता दिन उपयुक्त रहने कार्यक्रमका धेरै बक्ताहरुले सुझाएका थिए। वास्तवमा रेडक्रस के हो? यो हरेक नागरिक समाजले बुझ्नु पर्ने जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१