ताजा समाचार

काठमाण्डौमा नवराजपुर गा. पा. का अध्यक्ष यादव सम्मानित

  • पुस १७, २०८०
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १७ पुस । पालिका अध्यक्ष काठमाण्डौमा समानित भएका छन् सिरहा जिल्लाको नवराजपुर गा.पा.वडा नं ४ नहरनिया  हाल काठमाडौं बस्दै आएका उच्च बौद्धिकत्व र मैथली भाषाका विज्ञ् र शिक्षा क्षेत्रलाई नयाँ उचाइमा समेत पुर्याउन सफल हुनु भएका लेखक तथा प्रोफेसर डा.योगेन्द्र प्रसाद यादव द्वारा नवराजपुर गा.पा.अध्यक्ष शिव उदगार यादव(शिवा)लाई उच्च स्वागतका साथ सम्मान गर्नुका साथै डा. यादव द्वारा लिखित मैथली,नेपाली,अंग्रेजी पुस्तक एबं शब्दकोशहरु उपहार स्वरुप प्रदान गरिएको छ।

पालिका भरी शिक्षामा सुधारसँगै पालिकाको उन्नती र प्रगतिका लागी सरसल्लाह सुझाव र आफ्ना अनुभवहरु साट्दै उपलब्धि मुलक भेटघाट भएको जानकारी अध्यक्षको स्वकीय सचीव कृष्ण यादवले दिएका छन । त्यसै गरी गा.पा. अध्यक्ष यादव आजै आफ्ना टिम सहित त्रिभुवन युनिभर्सिटी पुगेर त्यहाँ अध्यनरत उर्जावान युवा बिद्यार्थीहरु संग शिक्षा सम्बन्धि गहिरो छलफल गरी त्यहाँका अनुभव बटुलनुको साथै अंग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा त्यहाँ अध्ययनरत ऊर्जावान युवा तथा विद्यार्थी साथी,भाईहरु संग नयाँ वर्षको शुभकामना आदान प्रदान साटासाट समेत गरेको बुझिएको छ। नवराजपुर गा. पा. भरीको शिक्षामा सुधारका निम्ति समसमायिक विषयहरुमा छलफल गरी उपलब्धि मुलक भेटघाट भएको बताउदै अध्यक्ष यादव अब आउने दिनमा शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न बिभिन्न ठाउँको अनुभव बटुल्न जरुरी रहेको उहाँको स्वकीय सचिव मार्फत जानकारी प्राप्त भएको छ। साथै उक्त टिम द्वारा आजै त्रिभुवन युनिभर्सिटीको केन्द्रीय पुस्तकालय सहित विभिन्न संकायहरुको अवलोकन समेत भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤