लहान नगर पालिकाद्वारा १२ विपन्न परिवारलाई सुरक्षित घर हस्तान्तरण

  • पुस १२, २०८०
  • ७११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १२, पुस । सुरक्षित आवास परियोजना अन्तर्गत लहान नगरपालिका १२ जटियाही टोलको १२ विपन्न घर परिवारलाई निर्माणाधीन सुरक्षित घर हस्तान्तरण गरिएको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उनिहरुलाई आज एक कार्यक्रम बिच सुरक्षित आवास घर हस्तान्तरण गरेको हो । नगरपालिकाको ३० लाख ३२ हजार २ सय ३८ रुपौया २४ पैसा, हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्यीम्यानिटी नेपालको २४ लाख र स्थानीय जनश्रमदानको ५ लाख ७९ हजार ४ सय ८८ रुपौया ८८ पैसा गरी जम्मा ६० लाख ११ हजार ७ सय २७ रुपौया १२ पैसाको कुल लागतमा घर निर्माण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भने ‘केहि दिन भित्रै लहान नगरपालिका १५ को मेनहर्वा टोलको विपन्न वस्तिमा ३८ वटा घर हस्तान्तरण गर्नेछु । चालु आर्थिक बर्षमा ५० वटा घर हस्तान्तरण गर्ने लक्ष्य अनुरुप लहान नगरपालिका १२ मा १२ घर र लहान नगरपालिका १५ मा ३८ घरको लागी सम्झौता गरेको बताए । स्रोत साधनले भ्याए सम्म नगरक्षेत्र भित्रका अन्य विपन्न परिवारका लागि आफु सुरक्षित घर बनाउन प्रयासरत रहेको प्रमुख चौधरील बताए।

भवानी एकिकृत विकास केन्द्र धनगढीमाई न पा २ भवानीपुरको प्राविधिक सहयोग तथा सहजिकरणमा नगरपालिका भित्र सुरक्षित आवास योजना कार्यक्रम संचालनमा छ । कार्यक्रममा ह्याविट्याट फर ह्यीम्यानिटी नेपाल विराटनगरका प्रमुख राम बहादुर श्रेष्ठ, ह्याविट्याटकै काठमाण्डौका अनुगमन तथा मुल्याङ्कन व्यवस्थापक अमलेश्वर सिंह, भवनी एकिकृत विकास केन्द्रका अध्यक्ष राजेश कुमार चौधरी, नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव लगायत स्थानीयबासी, बुद्धिजिवी, समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

श्रीनिधि साकोसको १४ ...

रन्जित चौरसिया वीरगंज २६ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षि ...

मधेश आन्दोलनका सहिदप ...

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधे ...

सुरुङ्गा नगरपालिकाको ...

रासिन्द्र यादव लहान २५ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा (हिउँदे अधिवेशन) सुरुङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१