Siraha Times
ताजा समाचार

लहान नगर पालिकाद्वारा १२ विपन्न परिवारलाई सुरक्षित घर हस्तान्तरण

  • पुस १२, २०८०
  • ८०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १२, पुस । सुरक्षित आवास परियोजना अन्तर्गत लहान नगरपालिका १२ जटियाही टोलको १२ विपन्न घर परिवारलाई निर्माणाधीन सुरक्षित घर हस्तान्तरण गरिएको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले उनिहरुलाई आज एक कार्यक्रम बिच सुरक्षित आवास घर हस्तान्तरण गरेको हो । नगरपालिकाको ३० लाख ३२ हजार २ सय ३८ रुपौया २४ पैसा, हिल्टी फाउण्डेशनको सहयोगमा ह्याविट्याट फर ह्यीम्यानिटी नेपालको २४ लाख र स्थानीय जनश्रमदानको ५ लाख ७९ हजार ४ सय ८८ रुपौया ८८ पैसा गरी जम्मा ६० लाख ११ हजार ७ सय २७ रुपौया १२ पैसाको कुल लागतमा घर निर्माण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले भने ‘केहि दिन भित्रै लहान नगरपालिका १५ को मेनहर्वा टोलको विपन्न वस्तिमा ३८ वटा घर हस्तान्तरण गर्नेछु । चालु आर्थिक बर्षमा ५० वटा घर हस्तान्तरण गर्ने लक्ष्य अनुरुप लहान नगरपालिका १२ मा १२ घर र लहान नगरपालिका १५ मा ३८ घरको लागी सम्झौता गरेको बताए । स्रोत साधनले भ्याए सम्म नगरक्षेत्र भित्रका अन्य विपन्न परिवारका लागि आफु सुरक्षित घर बनाउन प्रयासरत रहेको प्रमुख चौधरील बताए।

भवानी एकिकृत विकास केन्द्र धनगढीमाई न पा २ भवानीपुरको प्राविधिक सहयोग तथा सहजिकरणमा नगरपालिका भित्र सुरक्षित आवास योजना कार्यक्रम संचालनमा छ । कार्यक्रममा ह्याविट्याट फर ह्यीम्यानिटी नेपाल विराटनगरका प्रमुख राम बहादुर श्रेष्ठ, ह्याविट्याटकै काठमाण्डौका अनुगमन तथा मुल्याङ्कन व्यवस्थापक अमलेश्वर सिंह, भवनी एकिकृत विकास केन्द्रका अध्यक्ष राजेश कुमार चौधरी, नेपाल पत्रकार महासंघ सिरहा शाखा अध्यक्ष मनोज बनैता यादव लगायत स्थानीयबासी, बुद्धिजिवी, समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१