Siraha Times
ताजा समाचार

भगवानपुरमा भेडाबाख्रालाई पीपीआर खोप

  • पुस १२, २०८०
  • ११५१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

सिराहा - सिरहामा भेडा बाख्रालाई रोगबाट बचाउन पीपीआर खोप दिन सुरु गरेका छन।सम्भावित महामारी फैलिन नदिनका लागि शर्तकता अपनाउन पीपीआर खोप घुम्ती शिविर सञ्चालन गरेका छन।

जिल्लाकोे भगवानपुर गाउँपालिकाको क्रमशः वडा नं १, २,३, ४ र ५ मा मंसिर २९ गते देखि गाउँमै गएर खोप दिइरहेको छ।भगवानपुर गाउँपालिकामा पशुपालन बढी गरिने भएकोले निःशुल्क रुपमा खोप कार्यक्रम संचालन गरिएको पशु स्वास्थ शाखा प्रमुख रामसुन्दर दासले बताए।

प्रमुख दासका अनुसार रोग लाग्नु भन्दा अगावै त्यसको शर्तकता अपनाउन पीपीआर खोप दिएका हौ।यस्ता महामारीबाट पशुलाई बचाउन किसानलाई समयमै खोप लगाउनको लागि गाउँभरी आह्वान गरिएको छ।पीपीआर रोग भएका बाख्राले पानी जस्तो दिशा गर्ने, गीजामा फोका आउने, ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने लगायतका लक्षण देखाउँछ। यो लक्षण देखिएकोे एक सातामै बाख्राको मृत्यु हुने गरेको छ। त्यसैले महामारी हुन नदिन गत वर्षहरूमा जस्तै निरन्तर रुपमा पीपीआर खोप निःशुल्क रुपमा लगाउँदै आएको दासले बताए।

गतवर्षहरूमा जिल्लाका विभिन्न ठाउँमा भेडा तथा बाख्रामा पीपीआर रोग लागेपछि धेरै भेडा बाख्रा मरेका थिए। स्वास्थ्यसंस्थाको पहुँच टाढा र खोप लगाउनुपर्छ भन्ने ज्ञानको अभावमा किसानहरूले पालेका बाख्रा मर्ने गरेका छन्। गाउँमा निःशुल्क रुपमा खोप अभियान संचालन गरेकोमा भगवानपुर गाउँपालिका ३की अमिअरकला राम खुसी व्यक्त गर्छिन्।किसानहरुले पालेको बाख्रा मर्यो भन्ने सुनेको छु रामले भनिन।आफूले पालेको बाख्रामा खोप दिएपछि रोगबाट बचाउन ढुक्क भएको खुशी व्यक्त गरिन।

पीपीआर खोप रोगविरुद्ध लड्ने इम्यूनीटी पावर हो। कुनै रोगको औषधि होइन। यसले लगाएको तीन वर्षसम्म काम गर्छ। त्यो अवधी सकिएपछि फेरी यो खोप दिनुपर्छ। तीन महिना भन्दा मुनिका बच्चा पाठापाठीलाई दिन हुँदैन।बाहिरी जिल्लाबाट बख्रा ल्याएर पाल्ने प्रचलनले पनि रोग निम्तिएको पशु प्राविधिकहरूको भनाई रहेको शिविरमा खटेका प्रभास यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

पति हिंसा, गरिबी र अ ...

रहमुल, लहान, २९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाकी देवकुमारी यादवको जीवनक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१