ताजा समाचार

अख्तियार लगायत नियमनकारी निकायहरुलाई भेटी चढाउने गरेकोले आफुलाई कारवाही हुन नसक्ने भ्रष्ट अधिकृत भरतको ठोकुवा

  • पुस १०, २०८०
  • १२११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १० पुस । बारा जिल्लाको कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव भ्रष्टाचारको मामिलामा गन्हाईसकेको समाचार प्राप्त हुन आएको छ । अधिकृत यादवले लेखा अधिकृत सुरेन्द्र प्रसाद चौधरीको सहयोगमा जिन्सीका सामानहरु खरिद बिना नै बिल मात्र प्रयोग गरी लाखौं लाखको चेक काटने गरेको स्रोतले जनाएको छ । अधिकृत यादवले जिन्सीको अलावा ईन्धनमा पनि व्यापक भ्रष्टाचार गरिरहेको सोही नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत यादवले तत्कालिन जिल्ला विकास समिति बारामा कार्यरत्त रहदां भ्रष्टाचार सन्दर्भमा निलम्बनमा परेका थिए ।

पछि अधिकृत यादवले भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाएको दम्भ र पहुँचले निलम्बन फुकुवा गराउन सफल भएका थिए । पछिल्लो कार्यकाल पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रही करोडौं करोड भ्रष्टाचार गर्दा पर्सागढीवासीले उनलाई धपाएका थिए । उनै यादव भ्रष्टाचारी हाल बाराको कोल्हवी नगरपालिकामा रही भ्रष्टाचारको तानाबाना बुन्दै नगरवासीलाई आजित गरिसकेको स्रोतको भनाई रहेको छ । भ्रष्टाचारको मामिलामा सुक्ष्म अनुभव बटुलेका अधिकृत यादवले मैले यतिकै भ्रष्टाचार गर्दिन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सामान्य प्रशासन मन्त्रालय लगायतका नियमनकारी निकायको पदाधिकारीहरुलाई समय–समयमा भेटी चढाउदै आएकोले कही कतैबाट आफुलाई कारवाही हुन नसक्ने ठोकुवा गर्दै चिया पसलहरुमा गफाडी जस्तो गफ दिने गरेको उनको भनाईलाई उदृत गर्दै समाचार स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤