ताजा समाचार

नवनिर्मित वाडा कार्यालय भवनको छत ढलानको काम संपन्न

  • मंसिर २६, २०८०
  • ९५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंशिर २६ । विकासका लागि विगतदेखि अग्रता लिंदै आएका वाडा अध्यक्ष सूर्यमान तामाङको कार्यकालमा भौतिक संरचना र पूर्वाधारहरुको निर्माण धनगढीमाई १३ मा लगातार भइरहेको अवस्था रहेको देखिन्छ । वाडा अध्यक्ष सूर्यमान तामाङको कार्यकालमा सिरहाको धनगढीमाई १३ मा नवनिर्मित वाडा कार्यालय भवनको पूर्णतासँगै छत ढलानको काम सम्पन्न भएको छ ।

राधाकृष्ण कन्स्ट्रक्सन धनगढीमाई १० ले भवन निर्माण ठेक्काको जिम्मा पाए लगतै काम थालेको थियो । राधाकृष्ण कन्स्ट्रक्सनले स्थानिय स्तरमा विगत लामो समयदेखि आफ्नो क्षेत्राधिकार भित्र रहेर समयमा ठेक्काको काम गर्दै आएको हुनाले भवन निर्माणको काम समयमा सकिएको वाडा अध्यक्ष तामाङले बताउनुभएको छ । स्थानिय भोर्नेनी बजार स्थित नव निर्मित वाडा कार्यालय भवनको छत ढलानको कार्य बिहान करिब ८ बजेर ३५ मिनेटको समयमा शुरू गरिएको ढलान कार्य राती ८ बजेर १३ मिनेटमा सकिएको हो । छत ढलानको काम वाडा अध्यक्ष सूर्यमान तामाङ , धनगढीमाईका इन्जिनियरहरु कमलदेव सिंह , विमलेन्द्र पण्डित लगाएतको उपस्थितिमा सम्पन्न भएको हो ।

वाडा कार्यालय भवन ठूलो भएको कारण एकै पटक दुई ओटा मिक्सरको प्रयोग गरेर छत ढलानको काम थालिएको थियो । वाडा कार्यालय भवनको निर्माणले वाडा अध्यक्ष सूर्यमान तामाङको चौतर्फी वडामा प्रसंसा हुन थालेका छन । विगत देखि वाडाका सबै काम काज र स्वास्थ्य सेवा एउटै भवनबाट हुँदै आएको अवस्थामा वाडा कार्यालय भवनको निर्माणले एउटा सकारात्मक परिवर्तनको आभाष भएको आम बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤