ताजा समाचार

जिरोमाईल हातिढुगा सडकमा कालोपत्रेको लागि थालियो काम

  • मंसिर २५, २०८०
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर २५ । सिराहा जिल्लाको धनगढीमाई स्थित पूर्व पश्चिम राजमार्गको जिरोमाईलदेखि हातीढुंगातर्फ आउने सडकको तयारी पूरा भएपछि कालोपत्रे हुने पक्का भएको छ । वाडा नम्बर १४ का बस्तीहरूमा पुग्नका लागि सहज हुने उक्त सडकको स्थानिय सुल्सुलेदेखि पिचका लागि आज देखि काम थालिएको हो । सडकमा हुनुपर्ने सबै आवस्यक पूर्वाधार तयार भएपछि सडकमा पिचको लागि तयारी थालिएको छ ।

शाह मकालु जय भवानी कम्पनीले निर्माण ठेक्कामा काम थालेको बताईएको छ । यस सडकको निर्माणले स्थानियको आवत जावतमा सहजता हुने वाडा नम्बर १४ का वाडा अध्यक्ष अमित ठकुरीले बताउनु भएको छ । यता वाडा नम्बर १३ का वाडा अध्यक्ष सूर्यमान तामाङका अनुसार निर्माण कम्पनीले तदारुकताका साथ काम गरिरहेको हुनाले काममा कुनै ढिलाई नभएको बताउनु भएको छ । निर्माणाधिन सडक वाडा नम्बर १४ र १३ का बस्तीहरू भएर पूर्व पश्चिम राजमार्गको जिरोमाईलमा एक मात्र राजमार्गमा जोडिने इन्जिनियर टेक नाथ महतोले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤