Siraha Times
ताजा समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकाको अद्यावधिक बेरुजु ३४ करोड १९ लाख बढी, असुल उपरको मनसाय देखिदैन

  • मंसिर २४, २०८०
  • १२४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा / मंसिर २४ गते । सिराहाका १७ वटै पालिकामा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिबाट ६ अरब ८२ करोड ६१ लाख ५८ हजार ७ सय रुपैयाँ बेरुजु रकम असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले सिरहामा पनि बेरुजु बढिरहेको देखाएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ। सोही ऐनको दफा ८४ ९२० ९घ० बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि सिरहाका स्थानीय पालिकाका कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता देखाएका छैनन्। प्रसंगमा भन्नू पर्दा - लक्ष्मीपुर पतारी गाउँपालिकामा पछिल्लो समय योजनै पिछे अनियमितता भएको देखिन् सकिन्छ । लक्ष्मीपुर पतारी गाउँपालिकामा अहिलेको वर्तमान प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह छन् । उहाँलाई आएको वर्षौं भए तर, बेरुजु फर्छ्यौटमा कुनै चासो दिएको देखिदैन् । जनताको पैसालाई जथाभावी खर्च गर्न पाइन्छ त? बेरुजु असुल उपर हुन्छ त? सरकारले पनि असुल उपर कार्यमा किन तादुरुकता देखाउदैन्? जस्ता कैयौं प्रश्न ठाउँठाउँमा उठिरहेका छन् ।

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन–२०७९ अनुसार सबैभन्दा बढी सिरहा नगरपालिकाको ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ बेरुजु छ। साथै दोस्रोमा लहान नगरपालिकामा ८५ करोड ४ लाख ४९ हजार रुपैयाँ बेरुजु छ। धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन्। सिराहा नगरपालिकाको गत आर्थिक वर्षसम्म ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ बेरुजु छ । आर्थिक वर्ष २०७८–७९ सम्मको अद्यावधिकमा ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, लहान नगरपालिकाको गतवर्षसम्म ६२ करोड २४ लाख ११ हजार रुपैयाँ रहेको बेरुजु महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख भए अनुसार बढेर ८५ करोड ४ लाख ४९ हजार रुपैयाँ देखिएको छ। यस्तै, महालेखाको प्रतिवेदनका अनुसार सुखीपुर नगरपालिकामा गत आर्थिक वर्षसम्म २३ करोड ९६ लाख ९६ हजार रुपैयाँ रहेको बेरुजुमा थपिएर ३६ करोड १४ लाख २८ हजार रुपैयाँ पुगेको उल्लेख छ।

गोलबजार नगरपालिकाको गतवर्षसम्म २९ करोड ७१ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेकामा हालसम्मको अद्यावधिकमा ३७ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । कर्जन्हा नगरपालिकामा गतआर्थिक वर्षसम्म २० करोड ५० लाख ६६ हजार रुपैयाँ रहेको बेरुजु बढेर २९ करोड ५ लाख २९ हजार रुपैयाँ भएको छ।

कल्याणपुर नगरपालिकाको गत वर्षसम्म ३४ करोड २२ लाख ९१ हजार रुपैयाँ रहेको बेरुजुमा थपिएर ४१ करोड ८२ लाख ९४ हजार रुपैयाँ पुगेको छ।धनगढीमाई नगरपालिकामा पनि अघिल्लो आर्थिक वर्षसम्म ४० करोड ५१ लाख ८७ हजार रुपैयाँ रहेको बेरुजु हालसम्मको अद्यावधिकमा ५६ करोड ६३ हजार रुपैयाँ पुगेको छ। मिर्चैया नगरपालिकामा गतवर्षसम्म ४० करोड ६० हजार रुपैयाँ बेरुजु देखिएकामा २०७८–७९ सम्ममा आइपुग्दा ५१ करोड ३२ लाख ५५ हजार रुपैयाँ पुगेको छ। अर्नमा गाउँपालिकाको गतवर्षसम्म १९ करोड ८७ लाख २ बजार रुपैयाँ रहेको बेरुजु बढेर २३ करोड ३९ लाख ९२ हजार रुपैयाँ पुगेको छ।

औरही गाउँपालिकामा अघिल्लो आर्थिक वर्षसम्म ३० करोड ४७ लाख ६९ हजार रुपैयाँ देखिएको बेरुजु बढेर ३२ करोड ६८ लाख ८ हजार रुपैयाँ पुगेको महालेखाले जनाएको छ। यसैगरी, नरहा गाउँपालिकाको महालेखाको प्रतिवेदन अनुसार, २७ करोड ९६ लाख १८ हजार रुपैयाँबाट बढेर बेरुजु ४० करोड ४ लाख ८६ हजार रुपैयाँ पुगेको छ । त्यसतै, लक्ष्मीपुर पतारी गाउँपालिकाको गतवर्ष सम्ममा २७ करोड ८५ लाख २४ हजार रुपैयाँको बेरुजु रहेकोमा अद्यावधिकमा ३४ करोड १९ लाख ५२ हजार रुपैयाँ पुगेको छ।

यता, नवराजपुर गाउँपालिकामा ३ करोड ८ लाख ८५ हजार रुपैयाँबाट बढेर बेरुजु १२ करोड ३२ लाख २७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी , बरियारपट्टी गाउँपालिकामा गतवर्षसम्म २४ करोड ३५ लाख ९० हजार रुपैयाँ बेरुजु रहेकामा हालसम्मको अद्यावधिकमा ४१ करोड ६५ लाख ९४ हजार रुपैयाँ पुगेको छ। विष्णुपुर गाउँपालिकामा ३० करोड २८ लाख ७३ हजार रुपैयाँ बेरुजु रहेकामा बढेर ३६ करोड २२ लाख ६२ हजार रुपैयाँ पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यता, भगवानपुर गाउँपालिकाको १० करोड ६७ लाख ५९ हजार रपैयाँबाट बढेर २१ करोड २१ लाख १२ हजार रुपैयाँ पुगेको छ । यता, सखुवानाकन्कारकट्टी गाउँपालिकामा भने १२ करोड ७८ लाख १८ हजार रुपैयाँबाट बढेर १७ करोड ७९ लाख ४१ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। फछर्यौट गर्न बाँकी सम्पूर्ण रकम असुल फछर्यौट गर्न महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा सुझाएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१