Siraha Times
ताजा समाचार

अबैध कारोबार र किसानहरूको समस्या प्रती सभापति यादवको ध्यानाकर्षण

  • मंसिर १९, २०८०
  • ८५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान १९ गते मंसिर । नेपाली काँग्रेस जिल्ला कर्यसमितिले पत्रकार सम्मेलन मर्फत एक बिज्ञाप्ति सार्वजनिक गरेको छ ।नेपाली काङ्ग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले जिल्लामा भैरहेको अबैध कारोबार र किसानहरूको समस्या प्रती गम्भीर रुपमा पत्रकारहरुसङ जवाफ् सवाल गर्दै बिज्ञपति मर्फत भने नेपालको सबिधानले प्रत्याभूत गरेको स्वतन्त्रता र जनताले सम्मान पुर्वक बाँच्न पाउने अधिकारलाई कुन्ठीत गरी दमन भईरहेको छ ।

कृषी श्रोतमा आधारित किसानहरुलाई कृषी खेती गर्न आवश्यक सामग्रीहरु समयमा उपलब्ध हुन नसकी विभिन्न किसिमको कठिनाइ भइरहेको छ ।   ज्याला मजदुरीगरी जिवन बिताईरहेका मजदुरहलाई आफ्नो काम गरी आउदा अवैध रुपले रकम लिने कार्य भईरहेको झुठो आरोप लगाई मुद्दा फसाउने कार्यहरु भईरहेको हुदा यी सम-सामयीक विषयहरुलाई एकत्रित गरि पहल गरि पाउने तपसिलमा उल्लेखित माग राखी सिरहा जिल्ला नेपाली काँग्रेस पार्टीको तर्फबाट यो ज्ञापन पत्र पेश गरेका छु । तपसिलमा उल्लेखित मागहरु अबिल्भ पुरा गरिएन भने चरण बध रुपमा गाँउदेखी सडक सम्म शान्ती पूर्ण आन्दोलन समेत गर्ने छु भनी घोषना गर्दछ ।

तपसिल

१. नेपाल भारत खुल्ला सिमानाबाट संगठित खुल्ला भन्सार तस्करि भइरहेको हुदा उक्त कार्य तत्काल बन्द गर्नु पर्ने ।

२. चुरे दोहन तथा खुल्ला रुपमा वन फडानी भई वन कार्यलयको मिलोमतोमा काठ तसकरी भईरहेको तथा खोलानालाबाट अबैध रुपले गिट्टी बालुवा, गराईनेल उतखन्न भईरहेको हुदा तलकाल बन्द गर्नु पर्ने ।

३. किसानहरुले उत्पादन गरेको धान तरकारी फलफुलहरुको उचित मूल्य कायम गरि बाजारीकरण गर्न उचित ठाँउ को पहल गर्नुपर्ने साथै किसानकालागी कृषी ऋण उवल्वध गराई खेती गर्नका लागी रसायनिक मल र विउ तत्कालै उपल्बध गराउनु पर्ने । ४. जिल्लाका प्रसासकिय प्रमुखज्युहरुबाट काग्रेसका कार्यकताहरुलाई 'झुठो आरोप लागाई मुदामा फसाउने गरेको र जिल्लाका जिल्ला प्रमुख ज्युहरुले आफनो पदियओहदाको कार्य सम्पादनमा राजनैतिक दबाब ले भेदभाव गरिरहेको हुदा तत्तकाल सो कार्य बन्द हुनुपर्ने ।

५ अर्नामा गाउपालीकामा पोल तार जडान गर्ने विषयमा बिबाद हुदा कुट पिट भई पक्राउ परेका मान्छे छोडिएको हुदा पक्रउ गरि आवश्यक कारवाई हुनुपर्ने ।

६. बरियारपट्टी गाउँपालिका बार्ड नं. १ मा बसने मृतक राम शंकर यादवलाई हत्या गर्ने फरार हत्यारा हरुलाई अबिलम्ब पक्रउ गर्नु पर्ने ।

बोद्धार्थ

१, गृह मन्त्रालय सिंहदरवार काठमाण्डौ

२, प्रदेश गृह मन्त्रालय जनकपुर

३. जिल्ला प्रहरी कार्यालय सिरहा

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१