दलित समुदायको मेयर महेश चौधरी विरुद्ध मुर्दाबाद्को नारा

  • मंसिर १६, २०८०
  • ६६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसीर १६ । सिराहाको लाहान नगरपालिकामा दलित समुदायको आन्दोलनले तिब्रता पाएको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले सडक आन्दोलन थालेको हो । मोचीको नाममा रहेको जग्गा कब्जा गरि जवरजस्ती फोहोर व्यवस्थापनको लागि भौतिक निर्माण गर्दा मेयर चौधरीविरुद्ध प्रदर्शन हुँदै आएको संघर्ष समितिका संयोजक मनोज पासमानले जानकारी दिए ।

विरोध चलिरहेकै अवस्थामा कात्तिक २३ गते सो जग्गामा दुतीलालका छोराहरुले बनाउँदै गरेको घरलाई लहान नगरपालिका मेयर चौधरीको निर्देशनमा सशस्त्र, जनपथ र नगर प्रहरीको टोलीले आगो लगाइदिएको नेपाली काङ्ग्रेस कै एक दलित नेता राम गणेश दासले बताए । आगजनी रोक्न खोज्दा स्थानीय दलित महिलाहरुलाई प्रहरीले कुटपिट समेत गरेको छ । लहान नगरपालिकाविरुद्ध दलित संघर्ष समिति लहानलगायत नागरिक अगुवाहरुले आन्दोलनमा उत्रिएका हुन ।

प्रतिक्रिया दिनुहोस

लहानमा जेन-जी आन्दोल ...

ओम प्रकाश यादव लहान २९ असोज । सिरहाको लहानमा गत भदौ महिनाको २३-२४ भएको जेन–जी आन्दोलनका क्रममा ...

सखुवानन्कारकट्टीमा व ...

रहमुल लहान २९ असोज । हिन्दुहरूको महान चाडपर्व वडा दशैं, तिहार र छठपर्वको पावन अवसरमा सिरहाको सखुवानन ...

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१