ताजा समाचार

दलित समुदायको मेयर महेश चौधरी विरुद्ध मुर्दाबाद्को नारा

  • मंसिर १६, २०८०
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

मंसीर १६ । सिराहाको लाहान नगरपालिकामा दलित समुदायको आन्दोलनले तिब्रता पाएको छ । लहान १५ स्थित दुतीलाल मोचीको नाममा रहेको १७ कट्ठा जग्गा अनाधिकृत रुपमा कब्जा गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले सडक आन्दोलन थालेको हो । मोचीको नाममा रहेको जग्गा कब्जा गरि जवरजस्ती फोहोर व्यवस्थापनको लागि भौतिक निर्माण गर्दा मेयर चौधरीविरुद्ध प्रदर्शन हुँदै आएको संघर्ष समितिका संयोजक मनोज पासमानले जानकारी दिए ।

विरोध चलिरहेकै अवस्थामा कात्तिक २३ गते सो जग्गामा दुतीलालका छोराहरुले बनाउँदै गरेको घरलाई लहान नगरपालिका मेयर चौधरीको निर्देशनमा सशस्त्र, जनपथ र नगर प्रहरीको टोलीले आगो लगाइदिएको नेपाली काङ्ग्रेस कै एक दलित नेता राम गणेश दासले बताए । आगजनी रोक्न खोज्दा स्थानीय दलित महिलाहरुलाई प्रहरीले कुटपिट समेत गरेको छ । लहान नगरपालिकाविरुद्ध दलित संघर्ष समिति लहानलगायत नागरिक अगुवाहरुले आन्दोलनमा उत्रिएका हुन ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤