Siraha Times
ताजा समाचार

सिमा स्तम्भहरुकाे मर्मत कार्य गरिरहँदा आफुले सक्दाे सहयोग गर्ने:- नगर प्रमुख शाह

  • मंसिर १६, २०८०
  • ७३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, १६ मंसिर । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तुको नेपाल–भारत सिमा (दशगजा) क्षेत्र कृष्णनगरबाट सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्यको सुरुवात गरिएको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनी मुख्यालय लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले शुक्रबार कृष्णनगर नगरपालिका–२ भन्सारको लिङ्कगेट स्थित दशगजामा ५६७/१ नम्बरको सिमा स्तम्भमा मर्मत र रंगरोगन गरि शुभारम्भ गरेका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले लुम्बिनी प्रदेशमा सिमासँग जोडिएका ५ सय ६ सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य गरिने जनाए । उनले सशस्त्र प्रहरीले बिजोर सीमा स्तम्भको मर्मत सम्भार र रंगरोगन गर्ने सम्पूर्ण जिम्मेवारी पाएको बताउँदै त्यही अनुसार सिमा स्तम्भहरुको मर्मत सम्भार र रंगरोगन कार्य सम्बन्धित जिल्लाका सशस्त्र प्रहरीले नै गर्ने बताए ।

मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भ समकक्षी भारतीय सशस्त्र सीमा बल र बिजोर नम्बरको सीमा स्तम्भ सशस्त्र प्रहरी बलले मर्मत गर्ने खत्रीको भनाई छ । सिमा स्तम्भहरुको कार्य भइरहँदा स्थानीयको सहयोग र सद्भावको आवश्यक परेको समयमा सबैले उपस्थिति जनाउन उनले आग्रहसमेत गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीले कपिलवस्तुसँग जोडिएको नेपाल–भारत सीमामा कुल ५ सय ३१ सीमा स्तम्भ रहेको बताए । उनले जसमध्ये कपिलवस्तु जिल्लामा २ सय ७७ ओटा सिमा स्तम्भहरुको मर्मत सम्भार तथा रंगरोगन कार्य सुरु गरिएको जनाए । सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मतसम्भार र रंगरोगन कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाने केसीको भनाई छ ।यस्तै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले सशस्त्र प्रहरीले सिमा स्तम्भहरुकाे मर्मत कार्य गरिरहँदा आफुले सक्दाे सहयोग गर्ने बताए । उनले सशस्त्र प्रहरीसँगै हातेमालो गर्दै नगरपालिकाले अगाडी बढ्ने कुरामा जाेड दिए ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१