Siraha Times
ताजा समाचार

आवि मलहनमाको वार्षिकोत्सव सम्पन्न

  • मंसिर १२, २०८०
  • ७२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, ११ मंसिर । सप्तरीको श्री आधारभूत विद्यालय सुरुङ्गा नगरपालिका वडा ८ को ६० औ वार्षिक उत्सवको धुमघाम संग मनाईएको छ । विद्यालयको ६० औं वार्षिकोत्सवको अवसरमा डायमण्ड जुबली मनाईएको छ । विद्यालयको संस्थापक नेमन लाल चौधरी, उतिमलाल चौधरी, धनाई चौधरी, रामप्रसाद साह (हलुवाई), भोलाई साह, रामकिसुन साह लगायतले वि.स. २०२० सालमा विद्यालय स्थापना गरेको थियो । सुरुङ्गा नगरपालिकाको मेयर गीता चौधरीको अध्यक्षता तथा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पुर्व सांसद सुरेन्द्र प्रसाद यादव, पूर्वाधार विकास मन्त्रालयको सचिव अशोक साह, उपमेयर रुद्र बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रमुख गजुसिद्दी बज्राचार्य, राष्ट्रिय अनुसन्धान विभागको एसपी सुरेन्द्र कार्की, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास थारु, नेपाली काङ्ग्रेसका नगर सभापति अशोक चौधरी, किशहा मावीका प्रअ सुर्यनारायण चौधरी, पुर्व मेयर मुक्तिनाथ चौधरी, पुर्व उपमेयर बिन्दा कुमारी पासमान, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । विद्यालयको प्रधानाध्यापक राम कुमार रामले प्रतिवेदन प्रस्तुत गरेको थियो ।

कार्यक्रममा सुरुङ्गा नगरपालिकाको मेयर गीता चौधरीले गुणस्तरीय शिक्षामा जोड दिनु भयो । शिक्षा सबै क्षेत्रको मार्गदर्शक रहेकोले आफु शिक्षालाई प्राथमिकतामा राखेको बताए । विद्यालयहरुमा खानेपानी, शौचालय, भवन लगायतका विषय आफ्नो प्राथमिकतामा रहेको जिकिर गरे । स्थानीयवासी समेत रहेका भैतिक पूर्वाधार विकास मन्त्रालयको सचिव अशोक साहले यस विद्यालयको विकासमा आफु तत्पर रहेको बताए । उनले अनुसासन विद्यार्थी जिवनमा निकै महत्वपूर्ण रहेकोले विद्यार्थीहरुलाई पढाईमा जोड दिन आग्रह गरे । कार्यक्रम सुरुङ्गा नगरपालिका मघुपट्टीको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष श्याम प्रसाद साहले स्वागत मन्तव्य राखेको कार्यक्रममा श्रोत व्यक्ति भोगेन्द्र प्रसाद यादवले कार्यक्रम संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१