एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

  • मंसिर १०, २०८०
  • ८६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर १० । सिरहाको धनगढीमाई ५ स्थित गोठ चौकमा एक दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ सागरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्य तथा वीर युवा क्लबको आयोजनामा आयोजित शिविरमा स्थानियले आँखाको चेक जाँच गराएका हुन । आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति रामचन्द्र यादवको प्रमुख आथित्यमा उद्घघाटन गरी शिविर सञ्चालन गरिएको थियो ।

संचालित आँखा शिविरमा सुखीपुर नगरपालिका ,गोल बजार नगरपालिका , बरियारपट्टी गाँउपालिका र धनगढीमाई नगरपलिका , लगायत क्षेत्रका बासिन्दा तथा विधार्थी गरी ३६५ जनाको आँखा जाँच गरिएको कल्बले जनाएको छ । आँखा जाँच गरिएकामध्ये ९५ जनामा मोतिबिन्दुको बिरामी फेला परेको आयोजक कल्वका अध्यक्ष विरेन्द्र यादवले जनाए । यस्तै आँखामा समस्या देखिएका एक सय जनालाई थप उपचारका लागि अस्पताल जान सुझाब दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

श्रीनिधि साकोसको १४ ...

रन्जित चौरसिया वीरगंज २६ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षि ...

मधेश आन्दोलनका सहिदप ...

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधे ...

सुरुङ्गा नगरपालिकाको ...

रासिन्द्र यादव लहान २५ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा (हिउँदे अधिवेशन) सुरुङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१