क्रमिक रूपमा विकासतिर फडको मार्दै अमित ठकुरी

  • मंसिर १०, २०८०
  • ९१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर १० । सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ भौगोलिक रूपले विकट मानिएको यस भेगमा वाडा अध्यक्ष अमित ठकुरीको कार्यकालमा विकासका लहर क्रमिक रूपमा अगाडि बढिरहेको छ । विगतका दिनहरूमा सास्ती भोग्दै आएका स्थानियको मोबाइलमा एकातिर नेटवर्कको ब्यबस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएका वाडा अध्यक्ष अमित ठकुरीको एकल प्रयासमा विद्युतीकरण जारिरहेको अवस्था रहेको पाईन्छ ।

भौतिक पूर्वाधार अन्तर्गत वाडा कार्यालयको निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा वाडा बासीहरुलाई सहजरुपमा जग्गा धनी प्रमाण पत्र वितरण गराउनका लागि अन्तिम चरणमा रहेका वाडा अध्यक्ष अमित ठकुरीको दूरदर्शिताका कारण आम स्थानियलाई नागरिकता वाडा स्तरमा वितरणका लागि आज औपचारिक रूपमा धनगढीमाईका उपमेयर संगिता कुमारी चौधरी सहित जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी लगाएतका टोलीद्वारा भौगोलिक अध्ययन र नागरिकता प्रमाण पत्र वितरणका लागि आवस्यक छलफल वाडा कार्यालयमा गरिएको छ ।

उपमेयर चौधरी सहित जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकारीहरुलाई वाडा कार्यालय परिसरमा वाडा अध्यक्ष अमित ठकुरीले खादा ओढाएर सम्मान गरेका हुन् ।नागरिकता प्रमाण पत्र वडामा वितरणका लागि वाडा अध्यक्ष अमित ठकुरी र प्रशासनिक निकाय बीचमा व्यापक छलफल गरिएको छ । छलफलमा वाडा सदस्य कुलबहादुर राउत , समाजसेवी गोकुल पोखरेल , स्थानिय समाजसेवी ,बुद्धिजीवी लगाएत सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासकिय अधिकृत भवेश झा, हिया मण्डल लगायतको उपस्थितिमा स्थानिय जनताले नागरिकता प्रमाण पत्र प्राप्त गर्नका लागि भोगिरहेको सास्तीलाई वाडा अध्यक्ष अमित ठकुरीले खुलेर राखेका थिए । यता नागरिकता प्रमाण पत्र वाडा स्तरमा प्राप्त हुने खवरले स्थानिय जनता खुशी भएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारीको विशेष निर्देशनमा उक्त टोली धनगढीमाई १४ मा पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

श्रीनिधि साकोसको १४ ...

रन्जित चौरसिया वीरगंज २६ पुस । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औँ वार्षि ...

मधेश आन्दोलनका सहिदप ...

रहमुल, लहान,२५ पुस । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राजकुमार गुप्ताले लहानमा मधे ...

सुरुङ्गा नगरपालिकाको ...

रासिन्द्र यादव लहान २५ पुष । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकाको १६औँ नगरसभा (हिउँदे अधिवेशन) सुरुङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१