Siraha Times
ताजा समाचार

वडा अध्यक्ष यादवद्वारा कम्बल बितरनमा व्यापक अनियमितता

  • कार्तिक २५, २०८०
  • १०१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव कात्तिक २५ । सिरहाको नबराजपुर गाउँपालिका अन्तर्गत वडा न.३ मा कम्बल बितरणमा व्यापक अनियमितता गरेका नुनासो आएका छन् ज्येष्ठ नागरिक तथा वृद्ध,वृद्धालाई बितरन गर्नुपर्ने सरकारी कम्बलमा वडा अध्यक्ष बंशिलाल यादवले व्यापक अनियमितता गरेका छन् । ज्येष्ठ नागरिकलाई बितरण गर्नुपर्ने कम्बल वडा अध्यक्ष बंशिलाल यादवले मनमानी र गोप्य रूपमा आफ्नो पार्टीको कार्यकर्ता लगायत आफन्त र नातागोतामा बाँडेर बाकी वडा बासीलाई बेवास्ता गरेका थिए । वडा अध्यक्षको मनमानी र सुबिधा पाउनबाट बञ्चित नागरिकले सोही वडाको प्रत्यासी वडा अध्यक्ष उम्मेदवार रामसुरेश यादव समक्ष गुहार मागेका थिए ।

WhatsApp Image 2023-11-11 at 18.12.28_72a16ee1

प्रत्यासी वडा अध्यक्ष उम्मेदवार यादव सेवाबाट बञ्चित रहेका नागरिकको गुहारलाई समाधान को निमित्त यदि जनताको साथ र समर्थन पाए कानुनी रुपमा आफु उत्रिने सूचनाको हक प्रयोग गरेर वडा कार्यालयबाट कम्बल बितरण प्रकरणको विवरण माग गरेका थिए भने वडा अध्यक्ष बंशिलाल सूचना उपलब्ध गराउनका निमित्त १० दिने समय लिएका थिए । कम्बल बितरण प्रकरणमा वडा अध्यक्ष बंशिलाल यादवले व्यापक अनियमितता गरेकाले सूचना उपलब्ध गराउन बाट असफल भएर आलटाल गर्दा गर्दै महिनौ बितिसक्दा पनि सूचना उपलब्ध गराएन । यसैक्रममा सूचनापाउन निवेदन दर्ता गराएका युवा वडा अध्यक्ष प्रत्यासी उम्मेदवार रामसुरेश यादव जनताको साथ र समर्थनमा जबाफ माग्न वडा कार्यालय पुग्दा अनेकौं किसिमको बखेरा र जालझेल बताएका थिए ।भने उक्त वडाको वडा सचीवलाई वडा अध्यक्ष बंशिलाल यादव सहि सत्य सूचना लुकाउन दबाब दिएका थिए ।दबाब बाट प्रभावित वडा सचीवले पनि सूचना दिन अस्वीकार्य भएका थिए ।

यसैक्रममा सूचना उपलबध गराउन प्रयास जारीनै रहेको अबस्थामा कम्बल बितरणको यस्ता रहस्य बाहिर आएको छ। ज्येष्ठ नागरिकलाई बितरण गर्नुपर्ने कम्बल वडा अध्यक्ष बंशिलाल लगायत उक्त वडाको सबै वडा सदस्यको मिलिमतोमा आफ्नो आसपासेलाई बितरण गरेर बाकी कम्बलको सबैले फाट बखडा गरेर आफ्नो दियादवाद तथा युवा युवतीलाई कम्बल बितरण गरेको प्रमाण फेला पर्दै छ । 

कम्बल बितरण प्रकरणमा यस्ता नैतिकहिन कार्य गरेका वडा अध्यक्ष बंशिलाल यादवले सूचना दिन बाट डराउनुको प्रमुख कारणभने नैतिकहिन र अनियमितता गरेको रहस्य बाहिर आउनेभएकाले सूचना लुकाउन विभिन्न किसिमको बहाना बनाउदै आएको छ।सेवाबाट बञ्चित ब्यक्तिलाई जनताको लोकप्रिय युवा नेता तथा वडा अध्यक्ष प्रत्यासि उम्मेदवारले सान्त्वना को निमित्त यस्ता कुराहरू बताएका छन् ।सूचना लुकाउनु को मुल प्रमाण अनियमितता गर्नु हो र यिनिहरु अनियमितता गरेकाले सूचना लुकाउदै आएको छ। सूचना दिनबाट डराउनु को मतलब कुरा स्पष्ट छ अनियमितता गरेका छन् । भन्दै नैतिकहिन र यस्ता अनियमितता गर्नेको गहिरिएर मुल्यांकन गर्न आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१