Siraha Times
ताजा समाचार

नेपाली समाज कतारको शुभकामना अदान प्रदान

  • कार्तिक २५, २०८०
  • ९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम काठमाडौ : नेपाली समाज कतार (जसपा प्रवास शाखा) ले भेटघाट अन्तरक्रिया कार्यक्रममा शुभकामना अदान प्रदान सहित सम्मान गरेको छ। आईतवार साझ दोहाको क्राउन प्लाजा स्थित होलिडे इन होटेलको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली समाज कतार (जसपा प्रवास शाखा)का पदाधिकारीहरुले पुर्व मन्त्री मण्डलसँग अन्तरक्रिया, भेटघाट तथा दिपावली , छठ पर्वको शुभकामना अदान प्रदान सहित सम्मान कार्यक्रम गरेको छ।

कार्यक्रममा नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तानको सभापतित्व भएको उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिका सदस्य तथा पूर्व राज्यमन्त्री सुरेश मण्डलको प्रमुख आतिथ्य तथा नेपाली समाज कतार जसपा प्रवास संगठनका उपाध्यक्ष मनिष यादवको विशिष्ट आतिथ्य संस्थाका उपाध्यक्ष संदिप मण्डल,सचिव अवधेश मण्डल,जयप्रकाश यादव सह सचीव,सदस्य नङ्वाङ्ग फुरी शेर्पा सल्लाहकार प्रेम मण्डल तथा जसपा शुभचिन्तक सरोज कुमार यादव,लक्ष्मण कापर,देव कुमार मण्डल,अर्जुन कुमार यादव,संतोश यादव, इन्द्रजित यादव,अमिरी यादव,प्रहलाद जयसवाल,बिजय कुमार यादव, लक्षमण ठाकुर,सुरेश मण्डल,सजित कुमार यादव,शिवनाथ यादव लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मण्डलले दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै नेपालका राजनितिक दलले आजसम्म एउटा पनि मधेसीको छोरालाई संघीय( केन्द्रिय )अर्थ मन्त्रीमा विश्वास नगरेको प्रति गुनासो गर्दै प्रधानमन्त्री बनाउने हिम्मत सम्म नगरेको प्रति खेद प्रकट गरे । उनले नेपालमा यदि कुनै समुदाय असफल भएको छ भने राजा, राणा पछि खस आर्य असफल भएको दाबी गरे ।

कार्यक्रममा दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दौ संस्थाका इन्चार्ज मनिष यादवले हामी प्रवासमा रहेर पनि एउटा शुभचिन्तकको हैसियतले पार्टी वा सङ्गठनलाई हरेक रुपमा सहयोग गरिरहेका छौ।पार्टीले केन्द्र बाट पनि हामिलाई प्रवासीलाई राम्रै व्यवहार गरेको छ।केही नेता तथा कार्यकर्ताहरुले प्रवास कमिटीलाई अलिक व्यवस्था गर्छ जस्तो लाग्छ कि त्यसैले कुनै भ्रममा नरही जनता समाजवादी पार्टी आफुहरु सङ्ग आवद्ध रहेका बिदेशमा काम गर्ने युवाहरूलाई उच्च सम्मान सदैव दिने गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवले जिकिर गरेको कुरा मनिष यादवले बताउनु भयो।

समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति मोक्तानले अमुल्य समय दिएर भेटघाट तथा सम्मान कार्यक्रमलाई उपलब्धिमूलक बनाइदिएकोमा उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै सम्मप्न गरेको सल्लाहकार प्रेम मण्डलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१